हकप्रद शेयर निष्काशनकाे अनुमति माग्दै सगरमाथा जलविद्यु कम्पनी पुग्याे धिताेपत्र बाेर्ड

Jun 10, 2025 11:50 AM Merolagani



सगरमाथा जलविद्युत् कम्पनी (SMJC) ले शतप्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेकाे हाे। कम्पनीले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हाल १ अर्ब १७ करोड ३२ लाख रहेको कम्पनीको चुक्ता पूँजी हकप्रद शेयर निष्काशनपछि २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।