स्पेशल प्रि ओपन सेसनमा विकास हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

Aug 20, 2025 10:50 AM Merolagani



भदौ ४ गते, बुधबार, स्पेशल प्रि ओपन सेसनमा विकास हाइड्रोपावर (BHCL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९२ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ४४ लाख ५७ हजार ५ सय ९६ कित्ता र संस्थापकको ४६ लाख ३६ हजार ४ सय १७ कित्ता गरी ९० लाख ९१ हजार १३ कित्ता शेयर भदौ ३ गते नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले विकास हाइड्रोपावरलाई ९७ रुपैयाँ ४३ पैसादेखि २९२ रुपैयाँ ९२ पैसासम्मको रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको स्टक टिकर बिएचसीएल रहेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।