सुनको मूल्य घट्यो, चाँदी हालसम्मकै उच्च विन्दुमा

Sep 14, 2025 10:58 AM Merolagani



भदौ २९ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्य हालसम्मकै उच्च हो ।

त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । आईतबारको बजारमा चाँदी दुई हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।