सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा निरन्तरको रेकर्ड ब्रेक

Sep 15, 2025 10:50 AM Merolagani



भदौ ३० गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । सोमबारको बजारमा चाँदी दुई हजार ५७५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबारको बजारमा चाँदी २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।