नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबारको बजारमा प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेको छ ।
त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
