सुन र चाँदीको मूल्य बढ्यो

Nov 20, 2025 10:48 AM Merolagani



मंसिर ४ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबारको बजारमा प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेको छ ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।