सुन र चाँदीको मूल्य घट्यो

Nov 24, 2025 10:54 AM Merolagani



मंसिर ८ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आईतबारको बजारमा प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।