सुन र चाँदीको मूल्य घट्यो

Nov 24, 2025 10:54 AM Merolagani



मंसिर ८ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आईतबारको बजारमा प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।