प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक घट्यो नेप्से

Jul 01, 2026 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४७ अंक घटेर २६०६.८६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ५८ पटकको कारोबारमा ७ लाख ६ हजार ७६५ रुपैयाँ २० पैसाबराबरको ८५४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।