रसुवा बाढी: विभिन्न एजेन्सीमार्फत गएका ३८४ जना पर्यटक तथा यात्रुहरू सम्पर्कविहीन र बेपत्ता

Aug 26, 2026 03:20 PM Merolagani



रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब साढे ८ बजे आएको अचानकको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका ३८४ जना यात्रु तथा पर्यटकहरू सम्पर्कविहीन वा बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको नेपाल पर्यटन बाेर्डले जनाएकाे छ। 

यस घटनापछि नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र सरोकारवाला निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी तथा सुरक्षास्थितिको प्रमाणीकरण कार्य तीव्र पारिरहेका छन्।

पर्यटन तथा ट्राभल कम्पनीहरूबाट प्राप्त एजेन्सीगत विवरणअनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन्। स्थानीय प्रशासन, सुरक्षा निकाय र ट्राभल एजेन्सीहरूसँगको समन्वयमा उक्त विवरणलाई प्रमाणीकरण तथा क्रस-चेक गर्ने काम भइरहेको बोर्डले जनाएको छ।

प्राप्त विवरण अनुसार सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ७१ जना (५९ भारतीय र १२ नेपाली), काठमाडौं हलिडे टुर एण्ड ट्राभल्सका १७ जना (२ विदेशी र १५ नेपाली), तथा लीफ हलिडेका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन्। त्यसैगरी, कैलाश जर्नीका ३१ जना (२६ राष्ट्रियता खुल्न बाँकी र ५ नेपाली), एक्सप्लोर भेकेसनका ७ जना नेपाली, ट्रेकर्स सोसाइटीका ९२ जना (७७ राष्ट्रियता खुल्न बाँकी र १५ नेपाली), र रिचा टुर एण्ड ट्राभल्सका १२ जना (८ राष्ट्रियता खुल्न बाँकी र ४ नेपाली) रहेका छन्। यसैगरी, फिसटेल टुर एण्ड ट्राभल्सका २७ जना (२० विदेशी र ७ नेपाली), हिमालयन ग्लेसियरका ५२ जना (३७ एनआरआइसी र १५ नेपाली) तथा अल्पाइन इको ट्रेकका २० जना (१६ विदेशी र ४ नेपाली) पनि बेपत्ता सूचीमा छन्।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।