माछापुच्छ्रे बैंकको सेयर लिलामी अवधि एक दिन थपियो

Oct 29, 2017 Merolagani



माछापुच्छ्रे बैंक (MBL) ले कार्तिक ५ गतेदेखि लिलामीमा राखेको सेयरमा आवेदन गर्ने म्याद एक दिन थप गरेको छ । सरकारले छठ पर्वको विदा एकदिन  बढाएपछि लिलामी भर्ने अवधि पनि एक दिन बढेको हो । बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएअनुसार लगानीकर्ताले अब कात्तिक १४ गतेसम्म लिलामी सेयरमा शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले गत साउन ५ देखि भदौ ७ गतेसम्म ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित एक लाख ६० हजार ७४२ कित्ता सेयरमा लिलामी खुला गरेको हाे। जसमध्ये साधारण समूहको एक लाख ४० हजार ७४० कित्ता तथा संस्थापक समूहको २० हजार दुई कित्ता सेयर लिलाम बढाबढमा ल्याएकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरेर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जानेगरि अधिकतम सबै कित्ताका लागि माग गर्न सक्नेछन् ।

संस्थापक समूहको बोलपत्र कात्तिक १५ गते बिहान १० बजे एनएमबि क्यापिटल र साधारण समूहको सोही दिन ११ बजे स्टार भेन्यू नारायणचाैर नक्सालमा खुला गरिने जनाईएको छ ।

हकप्रद विक्रीपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकले एक अर्ब ३० करोड १० लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा कायम गरेको छ । बैंकको सेयर आईतबार कार्तिक १२ गते प्रतिकित्ता ३१७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।