माछापुच्छ्रे बैंकको लिलामी सेयर बाँडफाँड

Nov 02, 2017 Merolagani



माछापुच्छ्रे बैंक (MBL) को सेयर लिलामी बुधबार बाँडफाँड भएको छ । बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार बैंकको साधारण सेयर ३०४ रुपैयाँ मूल्य बोलकबोल गर्ने लगानीकर्ताले प्राप्त गर्ने देखिएको छ । उता संस्थापक सेयरमा १५७ रुपैयाँभन्दा माथि बोलकबोल गर्नेले प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले साधारण सेयरमा ४ हजार ८३९ जनाले आवेदन दिएकोमा प्रारम्भिक तथ्याङ्क अनुसार ३०४ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्नेले सेयर प्राप्त गर्ने देखिएको जनाएका छन् ।

अन्तिम तथ्याङ्कमा केही तलमाथि पर्नसक्ने उनको भनाई छ । साधारण सेयरमा लागि लगानीकर्ताले अधिकतम ३८१ रुपैयाँसम्मको बोलपत्र पेश गरेका थिए ।

संस्थापक सेयरमा ७ जनाको आवेदन परेकोमा ५ जनाले सेयर प्राप्त गरेका छन् । संस्थापक सेयरका लागि अधिकतम २१७ रुपैयाँसम्मको बोलपत्र पेश भएको थियो ।

बैंकले गत साउन ५ देखि भदौ ७ गतेसम्म १२ प्रतिशत बराबरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा कात्तिक ५ गतेदेखि अवितरित एक लाख ४० हजार ७४० कित्ता साधारण सेयर तथा २० हजार दुई कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले गत आवको नाफाबाट हकप्रदले समेत पाउने गरि ९ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । प्रस्तावित बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................