एक्सेल र सहाराले दोस्रो त्रैमासमा कस्ताे गरे प्रगति ?

Jan 31, 2018 Merolagani

एक्सेल डेभलपमेन्ट बैंक र सहारा विकास बैंकले दोस्रो त्रैमासमा खुद नाफा बढाएका छन् । एक्सेलकाे खुद नाफा १३ लाख तथा सहारा विकास बैंकले १२ लाख ८८ हजार रुपैयाँ नाफा बढाएकाे छ । 

दोस्रो त्रैमासिक वित्तीय विवरणमा एक्सेल (EDBL) ले नाफा १३ लाख बढाएर ७ करोड ५१ लाख खुद नाफा गरेको छ । ६९ करोड २६ लाख चुक्ता पूँजी रहेको बैंकले यस अवधिमा चार अर्ब ४८ करोड निक्षेप संकलन गरि चार अर्ब चार करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

दोब्बर बढेको व्याज खर्चलाई बैंकको आम्दानीले कभर गर्दा खुद नाफा २४ लाख बढाएर १५ करोड १० लाख रुपैयाँ कमाएको छ । बैंकले २७ करोड २१ लाख आम्दानी गर्दा १२ करोड ११ लाख खर्च गरेको हो ।

 

निष्कृय कर्जा अनुपात ०.८६ प्रतिशतमा झारेपछि बैंकको नोक्सानी व्यवस्था कोष झण्डै आधा घटेर एक करोड १९ लाख गर्दा पुगेको छ । तर कर्मचारी खर्च ७७ लाख र अन्य सञ्चालन खर्च ६० लाखले बढेको छ ।

समीक्षा अवधिमा बैकको सञ्चालन नाफा १० करोड २८ लाखबाट घटेर ९ करोड ९४ लाखमा सिमित भएको छ । तर, गत बर्षको तुलनामा ५० लाख बढाएर एक करोड ७४ लाख रुपैयाँ राइट व्याक गर्दा बैकको खुद आम्दानी बढेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६.९७ पैसा, कर्जा निक्षेप अनुपात ७५.८३ प्रतिशत र आधार व्याजदर ९.५४प्रतिशत रहेको छ ।

उता सात करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सहारा बिकास बैक (SHBL) ले गत बर्षको तुलनामा १२ लाख ८८ हजार रुपैयाँ नाफा बढाएर ५४ लाख ३२ हजार खुद नाफा गरेको छ

बैंकको यो नाफा नियमित आम्दानी भन्दा खराव कर्जा असुलीबाट भएको देखिन्छ । ४१ करोड ४९ लाख निक्षेप संकलन तथा ३९ करोड ६० लाख कर्जा लगानी गरेर बैंकले खुद व्याज आम्दानीलाई एक करोड १६ लाख रुपैयाँबाट एक करोड ६५ लाखमा बढाएको छ ।

खुद व्याज आम्दानीमा सुधार भएपनि समीक्षा अवधिमा कर्मचारी खर्च ४९ लाखबाट ६६ लाख पुगेको छ । खराव कर्जा अनुपातमा लोभलाग्दो प्रगति गरेको बैंकले ५.३७ प्रतिशत (राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी) बाट नियन्त्रण गरि २.६१ प्रतिशतमा झार्न सफल भएको छ ।

यसले ५७ लाखको जोखिम कोष ३५ लाखमा झरेको छ । जोखिम कोषको रकम घट्दा बैकको सञ्चालन नाफालाई सकारात्मक बनाएको छ । बैकको सञ्चालन नाफा गत बर्षको तुलनामा करीव २० लाखले बढेको देखिन्छ । बैंकको कर्मचारी खर्च १७ लाखले बढ्दा अन्य सञ्चालन खर्च चार लाखले घटेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा,प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ५८ पैसा, कर्जा निक्षेप अनुपात ७३.७६ प्रतिशत, र पूँजी कोष अनुपात ४०.८५ प्रतिशत रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।