मेगासँग मिसिनुअघि यस्तो आयो टुरिजमकाे वित्तीय विवरण

Jan 31, 2018 Merolagani

मेगा बैकसँग गाभिने प्रकृयामा रहेको टुरिजम् डेभलपमेन्ट बैक (TDBL) काे दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन करोड नाफा घटेको छ । बैंकको खुद नाफा गत बर्ष १४ करोड ६३ लाख रहेकोमा ११ करोड २९ लाखमा खुम्चिएको हो ।

समीक्षा अवधिमा बैकले २६ करोड ८४ लाख रुपैयाँ खुद व्याज आम्दानीबाट ३० करोड ५८ लाख पुर्याएको छ । दोश्रो त्रैमाससम्म बैकले १३ अर्ब १० करोड निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ११ अर्ब ५४ करोड पुगेको छ ।

बैकको निष्कृय कर्जा समीक्षा अवधिमा १.३० प्रतिशतवाट २.१३ मा पुग्दा बैकले जोखिम कोषको रकम चार करोड ९५ लाखबाट आठ करोड ७२ लाख पुगेको छ ।

बैंकको शूल्क तथा कमिशन र अन्य सञ्चालन अाम्दानी घटेकाे छ भने बैदेशीक मुद्रा सहटीबाट हुने अाम्दानी बढेकाे छ । बैंककाे अन्य सञ्चालन खर्च दुर्इ कराेड ३६ लाख तथा कर्मचारी खर्च एक कराेड २८ लाख रूपैयाँले बढेकाे छ । 

त्यस्तै बैंकको सञ्चालन नाफा १८ करोड ८१ लाखबाट तीन करोड घटेर १५ करोड २९ लाखमा संकुचित भएको छ भने गत बर्षको तुलनामा बैंकको निष्कृय कर्जा असुली रकम पनि एक करोड ८० लाखले घटेको देखिन्छ ।

दुई अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी रहेको  टुरिजम्  बैंकले ६४ करोड ९१ लाख जगेडा सञ्चित गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा , प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा, कर्जा निक्षेप अनुपात ७६.०६ प्रतिशत, निक्षेप लागत ७.९० प्रतिशत र पूँजी कोष अनुपात १९.०२ प्रतिशत रहेको उल्लेख छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।