मेगासँग मिसिनुअघि यस्तो आयो टुरिजमकाे वित्तीय विवरण

Jan 31, 2018 Merolagani



मेगा बैकसँग गाभिने प्रकृयामा रहेको टुरिजम् डेभलपमेन्ट बैक (TDBL) काे दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन करोड नाफा घटेको छ । बैंकको खुद नाफा गत बर्ष १४ करोड ६३ लाख रहेकोमा ११ करोड २९ लाखमा खुम्चिएको हो ।

समीक्षा अवधिमा बैकले २६ करोड ८४ लाख रुपैयाँ खुद व्याज आम्दानीबाट ३० करोड ५८ लाख पुर्याएको छ । दोश्रो त्रैमाससम्म बैकले १३ अर्ब १० करोड निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ११ अर्ब ५४ करोड पुगेको छ ।

बैकको निष्कृय कर्जा समीक्षा अवधिमा १.३० प्रतिशतवाट २.१३ मा पुग्दा बैकले जोखिम कोषको रकम चार करोड ९५ लाखबाट आठ करोड ७२ लाख पुगेको छ ।

बैंकको शूल्क तथा कमिशन र अन्य सञ्चालन अाम्दानी घटेकाे छ भने बैदेशीक मुद्रा सहटीबाट हुने अाम्दानी बढेकाे छ । बैंककाे अन्य सञ्चालन खर्च दुर्इ कराेड ३६ लाख तथा कर्मचारी खर्च एक कराेड २८ लाख रूपैयाँले बढेकाे छ । 

त्यस्तै बैंकको सञ्चालन नाफा १८ करोड ८१ लाखबाट तीन करोड घटेर १५ करोड २९ लाखमा संकुचित भएको छ भने गत बर्षको तुलनामा बैंकको निष्कृय कर्जा असुली रकम पनि एक करोड ८० लाखले घटेको देखिन्छ ।

दुई अर्ब एक करोड रुपैयाँ चुक्ता पूँजी रहेको  टुरिजम्  बैंकले ६४ करोड ९१ लाख जगेडा सञ्चित गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा , प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा, कर्जा निक्षेप अनुपात ७६.०६ प्रतिशत, निक्षेप लागत ७.९० प्रतिशत र पूँजी कोष अनुपात १९.०२ प्रतिशत रहेको उल्लेख छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।