ज्योतिको नाफा प्रगतिउन्मुख

Jan 30, 2018 Merolagani



दोस्रो त्रैमासिक वित्तीय विवरणमा अन्य विकास बैंकहरु कमजोर देखिँदा ज्योति विकास बैंक (JBBL) ले भने १४ करोड २५ लाख खुद नाफा गरेको छ । बैंकको नाफा ७० लाख ७६ हजारले बढेको हो ।

हकप्रद बोनस तथा प्राप्तीबाट दुई अर्ब ५९ करोड पूँजी कायम गरेको बैकले ८१ करोड ६८ लाख व्याज आम्दानी गरि ४७ करोड ५३ खर्च गर्दा ३४ करोड १५ लाख खुद व्याज आम्दानी गरेको छ । यस अवधिमा बैंकले १३ अर्ब ४५ करोड निक्षेप संकलन गरि १२ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको आम्दानी शिर्षहरुमा उल्लेख्य वृद्धि नदेखिएपनि औसत बढेका छन् । तर बैंकको कर्मचारी खर्च दुई करोड ४६ लाख रुपैयाँले बढेको छ भने अन्य सञ्चालन आम्दानी दुई अर्ब १० करोडले बढेपछि सञ्चालन नाफा २१ करोड ९४ लाख गरेको हो । बैंककाे सञ्चालन नाफा ५० प्रतिशतले बढेकाे छ ।

बैंकको निष्कृय कर्जा अनुपात बढेर १.४२ मा पुगेपछि कर्जा नोक्सानी व्यवस्था बढेर चार करोड २२ लाख पुगेको छ । यस अवधिमा बैंकले कुनै खराब कर्जा असुली गरेको छैन ।

बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसा, प्रतिसेयर नेटवर्थ ११३.२६ पैसा, कर्जा निक्षेप अनुपात ७५.९२ प्रतिशत, आधार व्याजदर १२.४७ प्रतिशत तथा निक्षेप लागत ८.४९ प्रतिशत रहेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।