भार्गव विकास बैंकको जगेडा दोब्बरले बढ्दा खुद नाफा ३२ प्रतिशतले घट्यो

Feb 05, 2018 Merolagani



भार्गव विकास बैंक (BHBL) ले जगेडा कोषको रकम दोब्बर भन्दा बढीले बढाउँदा खुद नाफा भने ३१.८७ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत बर्षको दोस्रो त्रैमासमा चार करोड आठ लाख रुपैयाँ रहेको बैंककाे जगेडा कोष आठ करोड ५० लाख पुगेको छ । उता खुद नाफा नाफा भने एक करोड ८० लाखबाट एक करोड २२ लाखमा घटेको छ ।

यस अवधिमा बैंकले दुई अर्ब ५७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ९३ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

कर्जा लगानी विस्तारपछि बैंकको व्याज आम्दानी बढेपनि खर्च समेत सोही अनुपातमा बढ्दा बैंकको खुद व्याज आम्दानी २३ लाखले बढेकाे छ । यस अवधिमा बैंकले चार करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल छ ।

निष्कृय कर्जा अनुपात ०.४२ प्रतिशतमा स्थिर राखेको भार्गवको कर्जा नोक्सानी व्यवस्था ४९ लाख रहेको छ । बैंकको अन्य सञ्चालन आम्दानी घटेको छ भने कर्मचारी र्खा र सञ्चालन खर्च बढेको छ । यसबाट बैंकको सञ्चालन नाफा ८९ लाख घटेर एक करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल २६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन भार्गवले ८० प्रतिशत हकप्रद विक्री सकेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ६६.०३ प्रतिशत, निक्षेप लागत ८.२५ प्रतिशत र पूँजी कोष अनुपात १५.५५ प्रतिशत रहेको छ ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।