साना किसान विकास बैंकको नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी भने घट्यो

Feb 11, 2018 merolagani



साना किसान विकास बैंक (SKBBL) ले गतबर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८.५० प्रतिशतको खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर बैंकको पूँजी वृद्धिको अनुपातमा आम्दानी नबढ्दा प्रतिसेयर आम्दानी भने खस्केको छ ।

गत आवको दोस्रो तैमासिकमा १५ करोड ८१ लाख खुद नाफा गरेको बैंकले चालु आर्थिक बर्षको यसै अवधिमा १७ करोड १५ लाख रुपैंयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा एक करोड ३४ लाख बढी हो ।

यस अवधिमा बैंकले ३८ करोड ४५ लाख ब्याजमा खर्चेर ७० करोड ६२ लाख रुपैंयाँ ब्याज आम्दानी गरी ३२ करोड १७ लाख रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले यस अवधिमा १४ अर्ब ५१ लाख निक्षेप सापट लिएर ९ करोड ८१ लाख लगानी गरेको छ भने १५ अर्ब ५८ करोड ६४ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकको चुक्तापूँजी ५० करोड ३० लाखबाट बढेर ६२ करोड ८८ लाख पुगेको छ । गतबर्षको मुनाफाबाट बैंकले २५ प्रतिशत बोनस बाडेको थियो । बैंकको जगेडाकोषमा एक अर्ब १४ करोड छ ।

बैंकको खराव कर्जा ०.११ प्रतिशतबाट सुधार भइ ०.०७ प्रतिशतमा झरेको छ । बैंकले यसअवधिमा एक करोड बढीको खराब कर्जा असुली गरेको छ भने प्रोभिजनमा दुई करोड ४५ लाख राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५४.५६ रुपैंयाँ रहेको भने तरलता अनुपात १०.४९ प्रतिशत कायम भएको छ । गतबर्षको यसैअवधिमा बैंकको प्रतिसेयर आम्दानी ६२.८६ रुपैयाँ थियो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।