साना किसान विकास बैंकको नाफा सामान्य बढ्दा प्रतिसेयर आम्दानी भने घट्यो

Feb 11, 2018 merolagani



साना किसान विकास बैंक (SKBBL) ले गतबर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८.५० प्रतिशतको खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर बैंकको पूँजी वृद्धिको अनुपातमा आम्दानी नबढ्दा प्रतिसेयर आम्दानी भने खस्केको छ ।

गत आवको दोस्रो तैमासिकमा १५ करोड ८१ लाख खुद नाफा गरेको बैंकले चालु आर्थिक बर्षको यसै अवधिमा १७ करोड १५ लाख रुपैंयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा एक करोड ३४ लाख बढी हो ।

यस अवधिमा बैंकले ३८ करोड ४५ लाख ब्याजमा खर्चेर ७० करोड ६२ लाख रुपैंयाँ ब्याज आम्दानी गरी ३२ करोड १७ लाख रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले यस अवधिमा १४ अर्ब ५१ लाख निक्षेप सापट लिएर ९ करोड ८१ लाख लगानी गरेको छ भने १५ अर्ब ५८ करोड ६४ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकको चुक्तापूँजी ५० करोड ३० लाखबाट बढेर ६२ करोड ८८ लाख पुगेको छ । गतबर्षको मुनाफाबाट बैंकले २५ प्रतिशत बोनस बाडेको थियो । बैंकको जगेडाकोषमा एक अर्ब १४ करोड छ ।

बैंकको खराव कर्जा ०.११ प्रतिशतबाट सुधार भइ ०.०७ प्रतिशतमा झरेको छ । बैंकले यसअवधिमा एक करोड बढीको खराब कर्जा असुली गरेको छ भने प्रोभिजनमा दुई करोड ४५ लाख राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५४.५६ रुपैंयाँ रहेको भने तरलता अनुपात १०.४९ प्रतिशत कायम भएको छ । गतबर्षको यसैअवधिमा बैंकको प्रतिसेयर आम्दानी ६२.८६ रुपैयाँ थियो ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।