महालक्ष्मीको निक्षेप संकलन र कर्जा प्रवाह दोब्बर, खराब कर्जा अझै उच्च

Jan 31, 2018 Merolagani



महालक्ष्मी विकास बैंक(MLBL) ले चालू आवको दोस्रो त्रैमासमा गत आर्थिक बर्षको तुलनामा दोब्बर बढाएको छ । बैंकले गत बर्ष १२ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि १० अर्ब आठ करोड रुपैयाँ कर्जा परिचालन गरेकोमा निक्षेप २५ अर्ब १२ करोड तथा कर्जा २० करोड ८२ लाख पुगेको छ ।

 

लगानी विस्तार गरेपछि बैंकको खुद नाफा ६ करोड १३ लाख रुपैयाँको वृद्धि भई २० करोड ५४ लाख रुपैयाँ पुगेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा आक्रमक देखिएको बैकले व्याज आम्दानी र खर्चलाई सन्तुलनमा राख्दै बैकले समीक्षा अवधिमा २३ करोड ९५ लाख रुपैयाँको खुद व्याज आम्दानी ४५ करोड ४३ लाखमा पु-याएको छ । 

खुद व्याज आम्दानीमा उच्च सुधार भएपनि समीक्षा अवधिमा कर्मचारी खर्च चार करोड ५८ लाखबाट तीन गुणा बढेर १२ करोड ४० लाख पुगेको छ भने अन्य सञ्चालन खर्चपनि पाँच करोड ४९ लाखबाट दोब्बर बढेर १० करोड ५५ लाख पुगेको छ ।

यस अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ३.३९ प्रतिशत रहेपछि कर्जा नोक्सानी वापत बैंकले २५ करोड ४५ लाख रुपैयाँ व्यवस्था गरेको छ । जसले कारण सञ्चालन नाफा समीक्षा अवधिमा ११ करोड ३१ लाखबाट घटेर ह्वात्तै घटेर तीन करोड ८० लाखमा खुम्चिएको छ ।

समिक्षा अवधिमा बैंकले खराव कर्जा असुलीमा ध्यान केन्द्रीत गर्दा अघिल्लो बर्ष ९ करोड गरेको असुली १९ करोडले बढाएर २८ करोड ५६ लाख पुर्याएपछि मात्र बैंकको नाफा ६ करोडले बढेको हो ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६० पैसा, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा, कर्जा निक्षेप अनुपात ७२.०४ प्रतिशत, पूँजी कोष लागत ८.०६ प्रतिशत, र तरलता अनुपात २६.२४ प्रतिशत रहेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।