नेपाल कम्युनिटीले बढायो खुद नाफा, खराब कर्जा बढेपछि प्राेभिजन उच्च

Feb 04, 2018 Merolagani



नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) ले दोस्रो त्रैमासमा एक करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत बर्षका यसै अवधिको तुलनामा १२ लाख रुपैयाँ बढेको हो ।

चुक्ता पूँजी दोब्बर बढाएको कम्पनीले खुद व्याज आम्दानी चार करोड एक लाख रुपैयाँबाट ७ करोड ९४ लाख पुगेको छ । बैंकले यस अवधिमा एक अर्ब ९७ करोड निक्षेप संकलन गरि एक करोड ७६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकको खुद नाफा साढे ५८ लाखले बढेर पाँच करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.५५ बाट १.२२ प्रतिशतमा बढेपछि नोक्सानी कोष ७५ लाखबाट एक करोड ३३ लाख बढेपछि बैंकको सञ्चालन नाफा ३७ लाखले कमी आएको छ ।

अन्य सञ्चालन आम्दानी घटेर बैंकको कर्मचारी खर्च २० लाख तथा अन्य सञ्चालन खर्च १६ लाखले बढेको छ । तर कर्जा असुली १९ लाखबाट ८० लाखमा पुगेपछि बैंकको समग्र नाफा बढेको हो ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, नेटवर्थ ११७.७५, निक्षेप लागत ७.८७ प्रतिशत, कर्जा निक्षेप अनुपात ७०.७७ प्रतिशत, र पूँजी कोष अनुपात २५.२६ प्रतिशत रहेको छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।