निर्धन उत्थानको खुद नाफा घट्यो, खराब कर्जा पनि बढ्यो

Feb 04, 2018 merolagani



निर्धन उत्थान बैंक (NUBL) को खुद नाफा १०.५८ प्रतिशतले घटेको छ । घ वर्गको बैंकिङ कारोबार गर्दै आएको यस संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २६ करोड ९४ लाख खुद नाफा गरेको छ । जून गतबर्षको भन्दा तीन करोड १८ लाख कम हो ।

गत आवको यस अवधिमा बैंकले ३० करोड १३ लाख रुपैंया खुद नाफा गरेको थियो ।

बैंकले यस अवधिमा एक अर्ब २० करोड २४ लाख ब्याज आम्दानी गरेको छ भने ५४ करोड ४० लाख ब्याजमा खर्चेको छ । गत वर्षको यसै अवधिमा ब्याजमा एक अर्ब तीन करोड ५५ लाख आम्दानी गरेर ३० करोड ४१ लाख खर्च गरेको थियो ।

यस अवधिमा बैंकको कोषको लागत ६.१७ प्रतिशतबाट ८.९८ प्रतिशतमा पुगेको छ भने खराब कर्जा ०.२६ प्रतिशतबाट ०.६५ प्रतिशतमा पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ८९ पैसा रहेको छ भने तरलता अनुपात २७.२७ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ६० करोडबाट एक अर्ब पुगेको छ भने यस अवधिमा बैंकले सात अर्ब ३२ करोड ७५ लाख निक्षेप संकलन गरेर १३ अर्ब ५४ करोड ७० लाख कर्जा लगानी गरेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।