प्रभु इन्स्योरेन्सले वैशाख २८ गतेदेखि सेयरधनी किताब बन्द गर्ने

May 06, 2018 Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) ले जेठ १० गते डाकेको विशेष सधारण सभाका लागि वैशाख २८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार विशेष सधारण सभामा बैशाख २७ गतेसम्म कायम रहेका सेयरधनीले सहभागि हुन पाउनेछन् ।

प्रभु इन्स्योरेन्सले जेठ १० गते दिउँसो १ बजे केन्द्रीय कार्यालय, तिनकुने काठमाडौंमा विशेष साधारण सभा आह्वान गरेको छ ।

सभामा इन्स्योरेन्स कम्पनीले ७ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव राखेको छ । जसमध्ये संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना, समूह ‘ख’ अर्थात कर्मचारी संचयकोषबाट मनोनित हुने १ जना र सर्वसाधारण सेयरधनी समूह ‘ग’ बाट ३ जना सञ्चालक निर्वाचित हुनेछन् ।

धितोपत्र बोर्डबाट ४६ प्रतिशत बराबरको ३१ लाख ६६ हजार ६७७ दशमलव ६३ कित्ता हकप्रद जारी गर्ने स्वीकृतिकाे पर्खाइकाे प्रकृयामा रहेको कम्पनीको हकप्रद जारी पश्चात एक अर्ब ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।