करको त्रास निमिट्यान्न नहुँदा लगानीकर्ताको बढेन मनोबल, नेप्सेमा गिरावट

Jun 07, 2018 Merolagani



लाभकरको बिषयलाई लिएर साताभर तनाबग्रस्त रहेका लगानीकर्ताको मनोबल नबढ्दा साताको अन्तिम दिनको सेयर कारोबारमा उच्च गिरावट आएको छ । बिहिबार नेप्सेमा झण्डै २६ अंकको गिरावट  भयो ।

गत आइतबार आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरको अंकित चुक्ता मूल्यकै आधारमा लाभकर गणना गर्न सेयरबजारका नियमनकारी निकायलाई निर्देशन दिएपछि सेयरबजारका लगानीकर्ता आन्दोलीत भएका थिए । सरकारको निर्णय विरुद्ध उत्रिएका लगानीकर्ताले मंगलबार शेयर बजार ठप्पै पारेका थिए ।

बुधबार लगानीकर्ता र सरकारको वार्ताले तत्काललाई नयाँ व्यवस्था खारेज गर्ने निर्णय गर्दा बजारमा उत्साह देखिए पनि त्यो क्षणिक साबित भएको छ । विहीबारको बजारमा आएको उच्च गिरावटले लगानीकर्ता अझै करको त्रासबाट मुक्त हुन नसकेको आभाष दिलाएको छ ।

सरकारले लाभकरका बिषयमा अध्ययन गर्न गठन गरेको समितिमा लगानीकर्ताको प्रत्यक्ष सहभागिता नहुँदा उनीहरुमा करको त्रासदी कायमै रहदा बजार ओरालो लागेको हो । अध्ययन समितिमा सरकारी निकायका अधिकारीहरुको मात्र संलग्नता रहेको छ । अर्थमन्त्रालयका सह सचिवको नेतृत्वमा गठित समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने र असारमसान्तसम्म पुरानै व्यवस्था अनुसार लाभकर गणना गरिने सहमति भएको थियो ।

लगानीकर्तामा साउन एक बाट अहिले खारेज भएकै नयाँ व्यवस्था लागू होलाकी भन्ने आशंका देखिएको छ । जसले गर्दा उनीहरुले विगतमा हकप्रद र बोनसबाट संकलन गरेका शेयरको बिक्रीलाई प्राथमिकता दिएका छन् । यसले पनि बजारको गिरावटलाई साथ दिएको छ ।

विहीबार नेप्से २५.६८ अंकले घटेर १२५७.०७ अंकमा झरेको छ । कारोबारमा आएका सबै समूहका सूचक ओरालो लागेपछि बजार दोहोरो अंकले घटेको हो । यसदिन १६६ कम्पनीको १४ लाख ४१ हजार कित्ता सेयर ४६ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

 

करको त्रासले सेयर बिक्री गर्नेहरु बढेपनि सस्तो मूल्यमा शेयर उठाउनेहरु पनि बजारमा उत्तिकै सक्रिय हुँदा कारोबारमा भने सुधार आएको छ । बुधबार पानै दुई घण्टा खुलेको बजारमा २३ करोड बराबरको कारोबार भएको थियो ।

यसदिन सबैभन्दा धेरै मेगा बैंकको दुई करोड बढीको कारोबार भयो । समता माइक्रो र अरुण भ्यालीका लगानीकर्ताले तीन प्रतिशतकादरले कमाउदा सबैभन्दा धेरै नागवेली लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाए । यसैगरी महिला सहयात्रा लघुवित्त, गरिमा विकास तथा युनाइटेड फाइनान्स धेरै गुमाउनेमा परे ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।