नबिल ब्यालेन्सड् फण्ड १ ले ईकाइधनीहरुले रकम फिर्ता दिन थाल्यो

Jul 13, 2018 Merolagani



नबिल बैंकको कोष प्रवर्द्धक रहेको नबिल ब्यालेन्सड् फण्ड १ का ईकाइधनीहरुले रकम फिर्ता दिन सुरू गरिएकाे  छ । २०७४ चैत २९ गते परिपक्व भई खारेजीमा लगिएको फण्डले डिम्याट गराएका इकाईधनीलाई असार २७ गते बुधबारदेखि रकम भुक्तानी गर्न थालिएको हो ।

प्रचलित सामुहिक लगानी कोष नियमावली २०६७ को व्यवस्था तथा नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम खारेजिमा लागिएको सो योजनाको फिर्ता रकमको कर कट्टि गरी वितरण गरिने बताइएको छ ।

इकाई अभौतिकिकरण गराएका इकाईधनीहरुको हकमा असार २७ गते आईपिएस मार्फत सम्बन्धित हितग्राहि खातामा उल्लेख गरिएको इकाइधनीको बैंक खातामा नै रकम फिर्ता गरिने योजना व्यवस्थापक तथा डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

कागजी प्रमाणपत्र रहेका इकाईधनीहरु तथा हितग्राही खातामा उल्लेखित बैंक खाता नम्बर रुजु नभएका इकाईधनीहरुले भने असार ३१ गतेदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्सालबाट चेक मार्फत रकम प्राप्त गर्न सकिने जनाइएको छ ।

भौतिक रुपमा इकाई रहेका इकाईधनीहरुले रकम फिर्ता लिन आउँदा सक्कल प्रमाणपत्र सहित परिचय खुल्ले आधिकारिक परिचयपत्र अनिवार्य ल्याउनुपर्ने बताइएको छ ।

स्वयं उपस्थित हुन नसक्ने इकाईधनीले लिखित मन्जुरीनामा सहित आवश्यक कागजपत्र सहित रकम फिर्ता लिन आउन नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आग्रह गरेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।