सूर्या लाइफकोको लिलामी शेयर नपरेको रकम फिर्ता सुरु

Dec 02, 2019 03:06 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी आवेदन गरि शेयर प्राप्त गर्न नसकेका आवेदकको बैंक खातामा नै रकम फिर्ता गर्न थालेको छ।

उक्त रकम कम्पनीको बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड मार्फत मंसिर १६ गते सोमबारदेखि आवेदकले लिलामी आवेदन गर्दा उल्लेख गरेको बैंक खातामा जम्मा गर्न थालिएको जनाएको छ।

लिलामी शेयरको मंसिर ८ गते शिलबन्दी बोलपत्र खुला गरि कम्पनी सञ्चालक समितिले मंसिर १५ गते बाँडफाँड गरेको हो।

कम्पनीले कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म संस्थापक समूहको २७ हजार ३८९ दशमलव २ कित्ता र सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता अवितरित हकप्रद लिलमी मार्फत बिक्रीमा ल्याएको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।