रसुवागढी र साञ्जेनको आईपिओ नपरेको रकम कहिलेदेखि हुन्छ फुकुवा ?

Apr 02, 2018 Merolagani

रसुवागढी हाईड्रोपावर तथा साञ्जेन जलविद्युत्त कम्पनीको आइतबार  बाँडफाँड भएको आईपिओ नपरेको रकम मंगलबारदेखि सम्बन्धीत लगानीकर्ताकाे खातामा फुकुवा हुने दुबै कम्पनीको सेयर बिक्री प्रबन्धकले जानकारी दिएका छन् ।

बाँडफाँडको अन्तिम नतिजा विवरण साेमबार सिडिएस एण्ड क्लियरिङ्ग मार्फत सम्बन्धित बैंकलाई पठाइने र बैंकहरुले मंगलबारबाट क्रमश आवेदकको खातामा रकम फुकुवा गर्ने रसुवागढीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।

साञ्जेन जलविद्युत्त कम्पनीको सेयर बिक्री प्रबन्धकले पनि लगानीकर्ताको सेयर परेको रकम कट्टा गरि ढिलोमा विहीबारसम्म  राेक्का  रकम फुकुवा भइसक्ने जानकारी दिएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गले चालू आर्थिक बर्षको सुरुवातसँगै प्राथमिक निष्काशनमा आस्वा प्रणाली लागू गरेकोमा फागुन ११ गतेदेखि अनिवार्य सि आश्वा प्रणाली लागू गरेको थियो ।

आस्वा प्रणाली अन्तर्गत आवेदकले सेयर आवेदन गरे बराबरको रकम सम्बन्धित लगानीकर्ताको बैंक खातामा नै रोक्का राखिन्छ र बाँडफाँड भएपश्चात सेयर नपरेको तेस्रो दिनदेखि फुकुवा गर्नुपर्ने व्यवस्था रहेको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत्त कम्पनीले फागुन ११ देखि ३० गतेसम्म तथा चैत ५ देखि १३ गतेसम्म सीमित साधारण निष्काशन गरेका थिए । रसुवागढीको आईपिओमा कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताले ५० देखि ८० कित्तासम्म सेयर प्राप्त गरेका छन् भने साञ्जेनमा ३० देखि ४० कित्ता सेयर प्राप्त गरेका छन् ।

उता संस्थापक सेयर लगानी गर्ने संस्थाका कर्मचारीहरुलार्इ रसुवागढीमा न्यूनतम ५० कित्तादेखि अधिकतम २७० कित्तासम्म बाँडफाँड गरिएको छ भने साञ्जेनमा ५० कित्तादेखि १५० कित्तासम्म सेयर बाँडफाँड गरिएको छ । आईपिओ नतिजा यहाँबाट हेर्नुहाेस् ।

 

थप समाचारहरू पनि पढ्नुहाेस् ....

.......{रसुवागढी हाईड्रोपावरको आईपिओमा कति पाए सञ्चयकर्ताले सेयर ?}..........

 

...{साञ्जेन जलविद्युत्तमा एक लाख ५६ हजार ६४५ आवेदकले पाए ४० कित्ता सेयर, ३० पाउने कति ?}.........

 

......{रसुवागढी र साञ्जेनको संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई १४० देखि २७० कित्तासम्म बाँडफाँड}........

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।