ग्लोबल आइएमई लघुवित्तको लिलामी शेयर नपरेको रकम फिर्ता सुरु

Nov 06, 2019 03:11 PM Merolagani



ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी मार्फत बिक्री गरेको बोलकबोलमा शेयर प्राप्त गर्न नसक्ने लगानीकर्ताको रकम फिर्ता थालिएको छ ।

लघुवित्तको लिलामी शेयरको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बाँडफाँडमा नपरेका आवेदकको रकम कात्तिक २० गते बुधबारदेखि नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत लगानीकर्ताको बैंक खातामा सिधै जम्मा गर्न थालिएको हो।

आवेदनको क्रममा बैंक खाता उल्लेख नगरेका आवेदकलाई तीन दिनभित्र आफ्नो बैंक खाताको विवरण ग्लोबल आइएमई क्यापिटल जमलमा उपलव्ध गराउन भनेको छ।

ग्लोबल आइएमई लघुवित्त सर्वसाधारण समूहतर्फको ५६ हजार ५६१ कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको थियो।

कात्तिक १७ गते बाँडफाँड गरिएको उक्त लिलामी शेयरमा न्यूनतम ६४१ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलपत्र पेश गर्ने लगानीकर्ताले शेयर पाएका थिए भने मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै २५ हजार कित्ताका लागि ६८५ रुपैयाँका दरले १ करोड ७१ लाख २५ हजार रुपैयाँमा  सकारेको थियो।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।