सिद्धार्थ इन्स्योरेन्सको लिलामी शेयर नपाउनेलाई मंगलबारदेखि रकम फिर्ता हुँदै

Oct 30, 2018 Merolagani



सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गरेर शेयर प्राप्त नगरेका लगानीकर्ताको रकम कात्तिक १३ गते मंगलबार (अाज) देखि फिर्ता थालिने इन्स्योरेन्सकाे लिलामी बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ

क्यापिटलले बोलपत्र दाताले आवेदन फारममा उल्लेख्य गरेको बैंक खातामा नै रकम फिर्ता गरिने जनाएको छ । 

क्यापिटलले असोज १९ देखि २६ गतेसम्म संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फको ३६ हजार ४१६ कित्ता गरि कूल ३७ हजार २१६ कित्ता लिलामीमा राखेकोमा कात्तिक ६ गते उक्त शेयरको शिलबन्दी बोलपत्र खुला गरेको थियो । 

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार साधारण शेयरको प्रारम्भिक कटअफ ६१६ रुपैयाँ र संस्थापक शेयरको प्रारम्भिक कटअफ १८२ रुपैयाँ निर्धारण भएको थियो । प्रारिम्भिक तथ्याङ्क अनुसार ८४ जना आवेदकले साधारण र एक आवेदकले संस्थापक शेयर सकारेका छन् ।

साधारण शेयरका लागि ६६८ वटा बोलपत्र प्राप्त भएकोमा अधिकतम ६४८ रुपैयाँसम्मको आवेदन परेको थियो ।

सिद्धार्थ इन्स्योरेन्सले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३७ हजार २१६ कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

लिलामी मार्फत हकप्रद शेयर सकारेसँगै कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुरा गर्न अझै १३ करोड ४१ लाख रुपैयाँ पूँजी विस्तार गर्नुपर्नेछ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।