नागवेली लघुवित्तले खुला गर्याे ७ करोड ६६ लाखकाे हकप्रद, यस्ता छन् आवेदन दिने स्थान

Jul 20, 2018 Merolagani

नागवेली लघुवित्त (NBBL) को शतप्रतिशत हकप्रद सेयर साउन ४ गतेदेखि खुला भएको छ । लघुवित्त कम्पनीले एक बराबर एक अनुपातमा ७ करोड ६६ लाख ४६ हजार ३०० रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद जारी गरेको हो ।

लघुवित्तको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । यस हकप्रदमा असार २० गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन् । हकप्रदमा आवेदन गर्ने अन्तिम दिन भदौ ७ गते रहेको छ । 

सेयरधनीले नेपाल धितोपत्र बोर्डवाट स्वीकृती सिआस्वा सदस्यको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा मार्फत पनि आवेदन गर्न सक्नेछन् ।

त्यस्तै एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंकका शाखा कार्यालयहरु, नागबेली लघुवित्तको कार्यायल विर्तामोड झापा, गुडविल फाइनान्सको शाखाहरु हात्तिसार, डिल्लिबजार, इन्द्रचोक, कुमारीपाटी, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु कुपण्डोल र चाबहिल र कामना विकास बैंकको ज्ञानेश्वर शाखाबाट आदेन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता एक हजार २४५ रूपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।