मेरो माइक्रोफाइनान्सको हकप्रद खुल्यो, माघ २३ गतेसम्म कायम शेयरधनीले पाउने

Mar 03, 2019 Merolagani



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले फागुन १९ गते आइतबारदेखि एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको हो।

माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गते मंगलबार सम्पन्न ८१ औं सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो। यसअनुसार माघ २३ गते बुधबारसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन्।

यस कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीले मेरो शेयर सफ्टवेयर, धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय जमल, तथा मेरो माइक्रोफाइनान्सको सबै शाखा कार्यालयबाट चैत २४ गतेसम्म आवेदन दिन सकिने छ।

हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्त्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सो प्रस्ताव धितोपत्र बोर्डबाट माघ १४ गते स्वीकृत भएको थियो। फागुन १५ गते बुधबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ५८७ रुपैयाँमा कारोबार भएको छ ।

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्तले आफ्नो सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार गर्न हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।