मिथिला लघुवित्तको हकप्रद खुल्यो,फागुन २२ गतेसम्म आवेदन दिनसक्ने

Jan 31, 2019 Merolagani



मिथिला लघुवित्त (MLBBL) ले माघ १७ गते (आज) देखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको छ। लघुवित्तले २ः१ अनुपातमा ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

लघुवित्तको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले माघ १ गते शेयरधनी किताब बन्द गरेकाले यस हकप्रदमा पुस ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

लघुवित्तको हकप्रदलाई केयर रेटिङ्गस् नेपालले औसतभन्दा तल जनाउने केयर एनपि आईपिओ ग्रेड ४ ग्रेडिङ्ग प्रदान गरेको छ ।

शेयरधनीले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयरबाट लघुवित्तको हकप्रदमा फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।

हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

लघुवित्त धितोपत्र बोर्डबाट पुस १३ गते चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर एक अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाएको थियो ।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ लाख ५० हजार खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।