लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद बिक्री सुरु

Nov 10, 2019 10:33 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले कात्तिक २४ गते (आज) देखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बराबरको शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हकप्रदको बाटो रोजेको हो।

इन्स्योरेन्सले एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको हो। हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ। 

इन्स्योरेन्सको हकप्रदमा असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मंसिर २९ गतेसम्म आवेदन गर्न सक्नेछन्। हकप्रदमा आस्वा सदस्यता लिएका सबै बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयर सफट्वेयर र बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलको कार्यालय डिल्लीबजार बाटुलेघर र सिटिजन्स बैंकका देशभरीका सबै शाखाका आवेदन गर्न सकिन्छ।

इक्रा नेपालले लुम्बिनी जनरलको हकप्रद शेयरलाई ‘ इक्रा आईपिओ ग्रेड ३’ रेटिङ्ग दिएको छ। ग्रेड ३ रेटिङ्गले औसत आधार जनाउँछ। नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई हकप्रद बिक्री गर्नका लागि गत असोज ८ गते अनुमति दिएको थियो।

नेपाल स्टक एक्सचेञ्जमा कात्तिक २१ गते बिहीबार लुम्बिनी जनरलको शेयर प्रतिकित्ता ३१५ रुपैयाँमा कारोबार भएको छ। हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको २० प्रतिशत हकप्रद पश्चात १ अर्ब ५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।