नेपाल इन्स्योरेन्सको हकप्रद खुल्यो, चुक्ता पूँजी अर्ब नाघ्ने

Mar 05, 2019 Merolagani



नेपाल इन्स्योरन्स (NICL) ले फागुन २१ गते मंगलरबार (आज) देखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात दश बराबर ६.५ कित्ताको दरले हकप्रद निष्काशन गरेको हो।

कम्पनीले हकप्रद निष्काशनका लागि माघ २७ गते देखि २९ गते सम्म बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन माघ २४ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद भर्ने अन्तिम दिन चैत २५ गते रहेको छ ।

इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धकको काम ग्लोब्ल आईएमई क्यापिटलले गर्ने जनाएको छ । कम्पनीको हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ्ग प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको थियो ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३७ कायम गरकेो छ। कम्पनीको धितोपत्रको फागुन १९ गते आइतबार दोस्रो बजारमा प्रतिकित्ता ३६५ रूपैयाँमा कारोबार भएको छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।