नेपाल इन्स्योरेन्सको हकप्रद फागुन २१ देखि, चुक्ता पूँजी अर्ब नाघ्ने

Feb 13, 2019 Merolagani



नेपाल इन्स्योरन्स (NICL) ले फागुन २१ गते मंगलरबार देखि हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात दश बराबर ६.५ कित्ताको दरले हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि माघ २७ गते देखि २९ गते सम्म बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन माघ २४ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद भर्ने अन्तिम दिन चैत २५ गते रहेको छ ।

इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न बिक्री प्रबन्धकको काम ग्लोब्ल आईएमई क्यापिटलले गर्ने जनाएको छ । कम्पनीको हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ्ग प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको थियो ।

हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३७ कायम गरकेो छ । धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ३७८ रूपैयाँमा कारोबार भएको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।