मेरो माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि हकप्रद जारी गर्ने

Feb 13, 2019 Merolagani



मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले फागुन १९ गतेदेखि एक बराबर एक अनुपातमा (१००%) हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गर्न लागेको हो।

माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गते मंगलबार सम्पन्न ८१ औं सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार बुकक्लोज गरे अनुसार माघ २३ गते बुधबारसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

यस कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीले मेरो शेयर सफ्टवेयर, धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय जमल, तथा मेरो माइक्रोफाइनान्सको सबै शाखा कार्यालयबाट चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ।माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्त्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। साे प्रस्ताव धितोपत्र बोर्डबाट माघ १४ गते स्वीकृत भएको थियो ।

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्तले आफ्नो सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार गर्न हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । ग्लोबल आइएमई बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो ।

कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ । कम्पनीले हाल ४८ जिल्लामा ८६ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।