शेयर बजार ओरालो लाग्दा म्युचुअल फण्डहरुको नोक्सानी चुलिँदै, प्रति इकाई खुद मूल्यमा गिरावट

Jul 25, 2018 Merolagani

शेयर बजार ओरालो लाग्दा त्यसको असर म्युचुअल फण्डहरुको वासलातमा समेत देखिएको छ । बजारको अवस्था आंकलन गरेर लगानी गर्न नसक्दा म्युचुअल फण्डहरुको नोक्सान बढ्दै गएको छ भने प्रति इकाई खुद मूल्यमा ह्रास आएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआर्इबिएल एस क्यापिटलले सञ्चालन गरेका दुई वटै म्युचुअल फण्डले जेठ महिनाको तुलनामा असारमा नोक्सानी बढेको विवरण सार्वजनिक गरेका छन् । जसले गर्दा दुबै फण्डको प्रति इकाई खुद मूल्यमा ह्रास आएको छ ।

एनआर्इबिएल समृद्धि फण्ड– १ 

एनआइबिएल एस क्यापिटलको एनआइबिएल समृद्धि फण्ड– १ असारसम्ममा १८ करोड ५३ लाख नोक्सानीमा पुगेको छ । जुन जेठको तुलनामा २ करोड ८ लाख बढी हो । गत जेठमा फण्ड १६ करोड ४५ लाख नोक्सानीमा रहेको थियो ।

गत जेठको तुलनामा समृद्धि फण्ड– १ ले असार महिनामा प्रति इकाई खुद मूल्य घटेको विवरण प्रकाशित गरेको छ । गत जेठमा ११ रुपैयाँ ५० पैसा रहेको प्रति इकाई खुद मूल्य असारमा ११ रुपैयाँ २९ पैसामा झरेको छ । जुन अघिल्लो महिनाको तुलनामा २१ पैसा कम हो ।

एक अर्बको समृद्धि फण्डले असारसम्म ८० वटा सूचीकृत कम्पनीहरुको शेयरमा ७७ करोड ८६ लाख ९४ हजार लगानी गरेको छ ।

त्यस्तै सार्वजनिक निष्काशन, हकप्रद र बोनसमा २ करोड ६१ लाख लगानी छ । ४ करोड ३० लाख रुपैयाँ ऋणपत्र तथा बण्डमा लगानी गरेको फण्डले दश करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ ।

फण्डले सबैगरी ९४ करोड ३८ लाख लगानी गरेको छ । फण्डको बैंक मौज्दातमा १९ करोड ८६ लाख ४६ हजार रुपैयाँ देखिन्छ ।

एनआर्इबिएल प्रगति फण्ड

यस्तै एनआर्इबिएल एस क्यापिटल कै अर्को म्युचुअल फण्ड एनआर्इबिएल प्रगति फण्डको पनि नोक्सानी बढेको छ । फण्ड असारसम्म १६ करोड ७६ लाख नोक्सानीमा रहेको छ । गत जेठमा फण्डको नोक्सानी १५ करोड एक लाख थियो ।

फण्डको नोक्सानी बढेपछि प्रति इकाई खुद मूल्य पनि घटेको छ । गत जेठमा ८ रुपैयाँ ४ पैसा रहेको प्रति इकाई खुद मूल्य असारमा ७ रुपैयाँ ८१ पैसामा झरेको छ ।

७५ करोडको प्रगति फण्डले सूचीकृत ६६ कम्पनीको शेयरमा ५२ करोड ९१ लाख ६१ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै सार्वजनिक निष्काशन, हकप्रद र बोनसमा २ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दातमा २ करोड ५२ लाख राखेको छ ।

सामान्यतया शेयरबजारका नयाँ र कम जानकार लगानीकर्ताहरुले म्युचुअल फण्डहरुको वित्तीय विवरण हेरेर आफ्नो लगानीको योजना बनाउने गर्छन् । शेयर बजारका जानकारहरु पनि नयाँ प्रवेशीहरुलाई म्युचुल फण्डहरुले गरेको लगानी शैलीलाई पछ्याउन सुझाब दिने गर्छन् ।

तर बजारको सहि विश्लेषणको अभावमा यस्ता फण्डहरुले गरेको लगानीको प्रतिफल नै घट्दै गएको देखिन्छ । यसले म्युचुल फण्डहरुको लगानी व्यवस्थापनको बिषयमा समेत बेला बेलामा प्रश्न उठ्ने गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।