सानिमा इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य ५ पैसाले बढ्यो

Jul 31, 2018 merolagani



सानिमा क्यापिटलद्धारा संचालित सानिमा इक्वीटी फण्ड(SAEF) को असरामा प्रति इकाई खुद मूल्य १० रुपैयाँ १५ पैसा कायम भएको छ । जेठको तुलनामा असारमा प्रति इकाई खुद मूल्य ५ पैसाले बढेको हो । जेठ महिनामा १० रुपैयाँ १० पैसा थियो ।

इक्वीटी फण्डले असार महिनामा एक करोड ९१ लाख दुई हजार रुपैयाँ कुल आम्दानी गरेको छ । जेठ महिनामा एक करोड ३३ लाख २५ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । असारमा जेठको भन्दा ६७ लाख ७६ हजार रुपैयाँले धेरै हो । असार मसान्तमा ४ करोड ३६ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको फण्डले दुई करोड ४५ लाख २४ हजार रुपैयाँ खर्च गरेको छ ।

फण्डले सूचीकृत २३ वटा कम्पनीहरुमा ३३ करोड १० लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा ५ करोड ६९ लाख २९ हजार रुपैयाँ, बैंककोे मुद्दती निक्षेपमा २६ करोड रुपैयाँ गरी कुल ५९ करोड १० लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । फण्डको बैंक मौज्दातमा ७५ करोड ७५ लाख ९ हजार रुपैयाँ बचत छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।