सानिमा इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य ५ पैसाले बढ्यो

Jul 31, 2018 merolagani



सानिमा क्यापिटलद्धारा संचालित सानिमा इक्वीटी फण्ड(SAEF) को असरामा प्रति इकाई खुद मूल्य १० रुपैयाँ १५ पैसा कायम भएको छ । जेठको तुलनामा असारमा प्रति इकाई खुद मूल्य ५ पैसाले बढेको हो । जेठ महिनामा १० रुपैयाँ १० पैसा थियो ।

इक्वीटी फण्डले असार महिनामा एक करोड ९१ लाख दुई हजार रुपैयाँ कुल आम्दानी गरेको छ । जेठ महिनामा एक करोड ३३ लाख २५ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । असारमा जेठको भन्दा ६७ लाख ७६ हजार रुपैयाँले धेरै हो । असार मसान्तमा ४ करोड ३६ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको फण्डले दुई करोड ४५ लाख २४ हजार रुपैयाँ खर्च गरेको छ ।

फण्डले सूचीकृत २३ वटा कम्पनीहरुमा ३३ करोड १० लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा ५ करोड ६९ लाख २९ हजार रुपैयाँ, बैंककोे मुद्दती निक्षेपमा २६ करोड रुपैयाँ गरी कुल ५९ करोड १० लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । फण्डको बैंक मौज्दातमा ७५ करोड ७५ लाख ९ हजार रुपैयाँ बचत छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।