लक्ष्मी क्यापिटका दुबै म्युचुअल फण्डको नाभ घट्यो, कुन कम्पनीमा धेरै छ लगानी ?

Jul 27, 2018 Merolagani



पछिल्लो समय सेयर बजारमा गिरावट आउँदा सामूहिक लगानी कोषको खुद सम्पत्ति घट्न थालेको छ । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी भ्यालू फण्ड १ र लक्ष्मी इक्विटी फण्ड दुबैको जेठ मसान्तको तुलनामा असार मसान्तमा प्रतिइकाई खुद मूल्य (NAV) घटेको विवरण सार्वजनिक गरेका छन् ।

शेयर बजार ओरालो लाग्दा त्यसको असर म्युचुअल फण्डहरुको वासलातमा समेत देखिएको हो ।

शेयर बजारका जानकारहरुले नयाँ प्रवेशीहरुलाई म्युचुल फण्डहरुले गरेको लगानी शैलीलाई पछ्याउन सुझाब दिने गर्छन् ।

तर पछिल्लो समय बजारको अवस्था आंकलन गरेर लगानी गर्न नसक्दा म्युचुअल फण्डहरुको समेत नोक्सानी बढ्दै गएको छ भने प्रति इकाई खुद मूल्यमा ह्रास आउने गरेको छ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले सञ्चालन गरेका दुई वटै म्युचुअल फण्डले जेठ महिनाको तुलनामा असारमा नोक्सानी बढेको छ हेरौं :- 

लक्ष्मी भ्यालु फण्ड– १

लक्ष्मी क्यापिटलको पहिलो सामूहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड– १ (LVF1) काे असार मसान्तसम्ममा चार करोड ७६ लाख ६ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । जुन जेठको तुलनामा ११ लाख १९ हजार बढी नोक्सानीमा गएको हो । गत जेठसम्म फण्ड कूल चार करोड ६४ लाख ८६ हजार नोक्सानीमा रहेको थियो ।

लक्ष्मी भ्यालु फण्ड– १ को असार मसान्तसम्म खुद सम्पत्ति २० लाख ४१ हजार ५६० रुपैयाँले घटेर ५४ करोड १८ लाख एक हजार १७२ रुपैयाँमा सीमित भएको छ । जेठ मसान्तसम्म फण्डको खुद सम्पत्ति ५४ करोड ३८ लाख ४२ हजार ७३२ रुपैयाँ रहेको थियो ।

खुद सम्पत्ति घटेसँगै गत जेठको तुलनामा लक्ष्मी भ्यालु फण्ड १ ले असार महिनामा प्रति इकाई खुद मूल्य दुई पैसाले घटेको विवरण प्रकाशित गरेको छ । गत जेठमा १० रुपैयाँ ८६ पैसा रहेको प्रति इकाई खुद मूल्य असारमा १० रुपैयाँ ८४ पैसामा झरेको हो ।

५० करोड रुपैयाँ आकारको यस फण्डले असारसम्म ३८ वटा सूचीकृत कम्पनीहरुको शेयरमा ३१ करोड २३ लाख ०५ हजार लगानी गरेको छ । यो फण्डले नबिल बैंकको संस्थापक शेयरमा सवैभन्दा बढी ४० हजार ३१९ कित्ता शेयरमा २ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै सूचीकृत धितोपत्र र सार्वजनिक निष्काशन, हकप्रद र बोनसमा कूल पाँच लाख ५२ हजार ९१० रुपैयाँ लगानी देखिन्छ ।

फण्डले १४ करोड ४७ लाख १६ हजार रुपैयाँ बैंक मौज्दात र ९ करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ ।

लक्ष्मी इक्विटी फण्ड

यस्तै लक्ष्मी क्यापिटल कै ब्यवस्थापनमा सञ्चालित अर्को सामूहिक लगानी कोष लक्ष्मी इक्विटी फण्ड (LEMF) ले पनि नोक्सानी बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । फण्ड असारसम्म १६ करोड ५३ लाख ३० हजार नोक्सानी व्यहोरेको छ । गत जेठ मसान्तसम्म फण्ड १५ करोड ०६ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

लक्ष्मी इक्विटी फण्डको असार मसान्तसम्म खुद सम्पत्ति एक करोड ४६ लाख ५४ हजार ७६६ रुपैयाँ घटेर एक अर्ब आठ करोड २२ लाख ४१ हजार ३१३ रुपैयाँमा झरेको छ । जेठ मसान्तसम्म फण्डको खुद सम्पत्ति एक अर्ब ९ करोड ६८ लाख ९६ हजार ७९ रुपैयाँ रहेको थियो ।

फण्डको नोक्सानी बढेपछि प्रति इकाई खुद मूल्य (नाभ) पनि घटेको छ । गत जेठमा ८ रुपैयाँ ७८ पैसा रहेको फण्डको नाभ असार मसान्तमा ८ रुपैयाँ ६६ पैसामा झरेको छ । फण्डको नाभ १२ पैसाले घटेको हो ।

एक अर्ब २५ करोड रुपैयाँ आकारको लक्ष्मी इक्विटी फण्डले ५८ सूचीकृत कम्पनीको शेयरमा ७० करोड ४४ लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ । जस मध्ये सबैभन्दा बढी एनएमबि बैंकको एक लाख १९ हजार ८७८ कित्ता शेयरमा ४ करोड २९ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै सार्वजनिक निष्काशन, हकप्रद र बोनसमा गरि १३ लाख ८१ हजार ७६५ रुपैयाँ लगानी गरेको छ । फण्डले आफुँसग रहेको रकममध्ये २२ करोड रुपैयाँ बैंक मुद्धती निक्षेप र १६ करोड ७९ लाख दुई हजार रुपैयाँ बैंक मौज्दात राखेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।