लगानी बढाउँदा पनि बढेन ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद मूल्य

Jul 31, 2018 Merolagani



गत जेठ मसान्तको तुलनामा ग्लोबल आइएमई समुन्नत योजना–१ (GIMES1) ले सूचीकृत र सूचीकृत हुन बाँकी दुबै सेयरमा आफ्नो लगानी बढाउँदा पनि घट्दो सेयर बजारका कारण योजनाको प्रतिइकाई खुद मूल्य (NAV) भने ८ पैसाले घटेको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्र्तगत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना–१ को असार मसान्तमा नाभ ८ रुपैयाँ ७२ पैसामा झरेको हो । जेठमा फण्डको इकाईको नाभ ८ रुपैयाँ ८० पैसा रहेको थियो । 

एक अर्ब आकारको योजनाको असार मसान्तमा ८७ करोड १६ लाख ४७ हजार १४५ रुपैयाँ खुद सम्पत्ति रहेको छ । गत जेठमा ८८ करोड २ लाख ४ हजार ७५५ रुपैयाँ खुद सम्पत्ति रहेको थियो । खुद सम्पत्तिमा आएको ८५ लाख ५७ हजार ६१८ रुपैयाँ गिरावटले इकाईको नाभ घटेको हो ।

फण्डले जेठ मसान्तको तुलनामा सूचीकृत कम्पनीहरुमा दुई करोड ९५ लाख ३० हजार रुपैयाँ लगानी बढाएर ७३ ३९ लाख ५६ हजार रुपैयाँ लगानी गरेको छ । त्यसैगरि सूचीकृत हुन बाँकी सेयरमा समेत फण्डको लगानी दुई करोड ३१ लाख ७६ हजार बढाएर पाँच करोड ५८ लाख ४९ हजार लगानी गरेको छ ।

यस अवधिमा फण्डले एभरेष्ट बैंकको प्रिफरेन्स सेयर, १९ बाणिज्य बैंकको साधारण र तीन वटाको संस्थापक सेयरमा लगानी रहेको छ । त्यसैगरि १६ विकास बैंक, २१ लघुवित्त, ५ फाइनान्स, ६ जलवित्तद्युत कम्पनी, ५ जीवन र १० निर्जीवन बीमा कम्पनीको सेयरमा लगानी रहेको छ ।

होटल समूहका दुई कम्पनी, ६ वटा सामूहिक लगानी कोषका इकाईमा तथा अन्य समूहका ३ कम्पनीमा पनि ग्लोबल आइएमई समुन्नत योजना–१ को लगानी रहेको छ ।

त्यसैगरि ऋणपत्रमा एक करोड रुपैयाँ, मुद्धती निक्षेपमा पाँच करोड, बैंक मौज्दातमा दुई करोड १८ लाख ७७ हजार, र अन्य सम्पत्तिमा एक करोड ७६ लाख ६६ हजार रुपैयाँ लगानी रहेको छ ।

जेठ मसान्तसम्म ६ करोड ४५ लाख १३ हजार कूल नोक्सानीमा रहेको फण्डको नोक्सानी असार मसान्तमा ७ करोड ५४ लाख ७० हजार पुगेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।