एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डको यस्तो आयो प्रगति विवरण

Jul 31, 2018 Merolagani

एनएमबि क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्डहरुले प्रति इकाई खुद मूल्यमा गिरावट आएको छ । गत जेठको तुलनामा असारमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ को २० पैसा तथा एनएमबि हाईब्रिड फण्ड एल –१ को प्रति इकाई मूल्य ५ पैसाले घटेकोे छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– १

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– १ को असार मसान्तमा प्रति इकाई खुद मूल्य १३ रुपैयाँ १८ पैसा रहेको छ । जुन जेठको तुलनामा २० पैसा कम हो । गत जेठ महिनामा प्रति इकाई खुद मूल्य १३ रुपैयाँ ३८ रुपैयाँ रहेको थियो ।

फण्डमा असार महिनामा दश करोड दश हजार रुपैयाँ नोक्सानीमा छ । जेठ महिनामा ८ करोड ५१ लाख नोक्सानीमा थियो । जेठ महिनामा भन्दा असार महिनामा एक करोड ४८ लाख रुपैयाँले नोक्सानी बढेको हो ।

फण्डले ६० वटा सूचीकृत कम्पनीहरुमा ४० करोड ९६ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ । त्यसमध्ये सबै भन्दा धेरै १७ वटा वाणिज्य बैंकहरुमा १५ करोड ३ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।

असारमसान्त सम्म फण्डले कुल ५५ करोड ९१ लाख ९१ हजार रुपैयाँ लगानी गरेको छ । फण्डले सूचिकृत कम्पनीहरुको शेयर, सरकारी ऋणपत्र, सार्वजनिक निष्काशन, हकप्रद र बोनस तथा स्थिर आय उपकरणमा उक्त रकम लगानी गरेको हो। त्यसैगरी, बैंक मौज्दातमा ४२ करोड ४६ लाख ७६ हजार रुपैयाँ बचत गरेको छ ।

एनएमबि हाईब्रिड फण्ड एल –१

एनएमबि हाईब्रिड फण्ड एल –१ को जेठको तुलनामा असारमा ५ पैसाले प्रति इकाई खुद मूल्यमा गिरावट आएको छ । जेठमा १० रुपैयाँ ४२ पैसा रहेको फण्डको प्रति इकाई खुद मूल्य असारमा १० रुपैयाँ ३७ पैसामा झरेको छ ।

असारसम्ममा फण्ड एक करोड ६५ लाख ४ हजार रुपैयाँ नोक्सानीमा छ । जेठ महिनामा ८१ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा थियो । असारमा फण्डको नोक्सनी ८३ लाख ४० हजार रुपैयाँले बढेको छ । ६४ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको फण्डले यस अवधिमा दुई करोड २९ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ ।

असार मसान्तसम्ममा कुल ८७ करोड ७४ लाख २५ हजार रुपैयाँ लगानी गरेको फण्डले सबै भन्दा धेरै स्थिर आय उपकरणमा ५४ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ४९ वटा सूचीकृत कम्पनीहरुमा २४ करोड ७६ लाख ५० हजार रुपैयाँ, ऋणपत्रमा ८ करोड ५० लाख रुपैयाँ, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा ४७ लाख ७५ हजार रुपैयाँ लगानी छ ।

सूचीकृत कम्पनी मध्ये पनि सबै भन्दा धेरै १३ वाणिज्य बैंकहरुमा ९ करोड ४८ लाख ३६ हजार रुपैयाँ लगानी रहेको छ त्यसैगरी फण्डले बैंक मौज्दातमा १३ करोड ८६ लाख ९ हजार रुपैयाँ बचत गरेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।