सिटिजन्स म्युचुअल फण्डको नाभ ४ पैसा बढ्यो, वाणिज्य बैंकमा लगानी धेरै

Jul 29, 2018 Merolagani

सिटिजन्स म्युचुअल फण्ड अर्न्तगत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–१ (CMF1) काे असार मसान्तमा ३० लाख ३ हजार ४३ रुपैयाँले खुद सम्पत्ति बढेपश्चात फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य (NAV) ४ पैसाले बढेको छ । 

गत जेठ मसान्तमा ८३ करोड ४७ लाख १७ हजार ३८३ रुपैयाँ खुद सम्पत्ति रहेको फण्डको सम्पत्ति बढेर असार मसान्तमा ८३ करोड ७७ लाख २० हजार ४२६ रुपैयाँ पुगेको छ । खुद सम्पत्ति बढेसँगै फण्डको नाभ १० रुपैयाँ १८ पैसाबाट बढेर १० रुपैयाँ २२ पैसा पुगेको हो । 

यस फण्ड–१ ले असार मसान्तमा एक करोड ७७ लाख २० हजार ४२६ रुपैयाँ आम्दानी गरेको छ । फण्डले जेठमा एक करोड ४७ लाख १७ हजार आम्दानी गरेको थियो । जेठको तुलनामा असारमा फण्डले ३० लाख तीन हजार ४२ रुपैयाँले आम्दानी बढाएको हो ।

प्रति इकाई खुद सम्पती मूल्य १० रुपैयाँ २२ पैसा रहेको छ । जेठ महिनामा १० रुपैयाँ १८ पैसा रहेको थियो । असार मसान्तमा जेठ महिनाको तुलनामा ४ पैसा खुद सम्पती बढाएको हो ।

फण्डले जेठको तुलनामा असारमा सूचीकृत कम्पनीमा ५ करोड १३ लाख रुपैयाँले लगानी बढाएको छ । जेठसम्म ९ करोड ५६ लाख ८४ हजार ४३ रुपैयाँ सूचीकृत कम्पनीमा लगानी गरेकोमा असारमा १४ करोड ७० लाख ९ हजार ६०९ रुपैयाँ लगानी गरेको छ ।

सूचीकृत कम्पनीमध्ये १३ वाणिज्य बैंक,२ विकास बैंक,१ फाइनान्स, ५ लघुवित्त,जीवन र निर्जीवन बीमा कम्पनी २/२ वटा, हाइड्राेपावर कम्पनी २, सामूहिक लगानी काेष १, अन्य उप समूहका २ कम्पनीमा लगानी गरेकाे हाे। यसमध्ये  १३ वाणिज्य बैंक ६ कराेड १५ लाख ३५ हजार ६४६ लगानी रहेकाे छ । जुन कूल लगानीकाे  ४१.३० प्रतिशत हाे । 

त्यसैगरि पञ्चकन्या माई हाईड्रोपावर र नाडेप लघुवित्त सहित सूचीकृत हुन बाँकी कम्पनीको धितोपत्रमा १९ लाख ७६ हजार तथा स्थिर आय उपकरणमा तीन करोड लगानी गरेको छ ।

फण्डले कूल ३२ कम्पनीका पाँच लाख पाँच हजार ४८१ संख्याको धितोपमा १४ करोड ८९ लाख ७६ हजार २१० रुपैयाँ लगानी गरेको छ । असार मसान्तमा फण्डले ६६ करोड १३ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दातमा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।