नबिल इक्वीटी फण्डको नोक्सानी बढ्यो, प्रति इकाई खुद सम्पतिको मूल्य कति ?

Jul 30, 2018 Merolagani



नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित नबिल इक्वीटी फण्ड(NEF) को गत जेठको तुलनामा असारमा नोक्सानी बढेको छ । फण्डको नोक्सानी बढ्दै जाँदा प्रति इकाई खुद सम्पत्तिको मूल्यमा समेत गिरावट आएको छ ।

फण्डले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार कुल १६ करोड ३५ लाख २९ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ ।

जेठ महिनामा फण्डको नोक्सानी १४ करोड ७४ लाख ३७ हजार रुपैयाँ थियो । जेठमा भन्दा असार मसान्तमा एक करोड ६० लाख ९१ रुपैयाँले धेरै नोक्सानी भएको हो । शेयर बजारमा आएको गिरावटले फण्डको आम्दानी प्रभावित भएको हो ।

फण्डको नोक्सानी बढ्दा प्रति इकाई खुद सम्पत्तिको मूल्यमा समेत ह्रास आएको छ । फण्डको प्रति इकाई मूल्य १३ पैसाले घटेको छ । जेठमा ८ रुपैयाँ ७९ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य असारमा ८ रुपैयाँ ६६ पैसामा झरको छ । प्रति इकाई १० रुपैयाँमा बिक्री गरिएको इकाईको मूल्य ८ रुपैयाँ ६६ पैसामा झर्दा लगानीकर्तालाई प्रति इकाई १ रुपैयाँ ३४ पैसा नोक्सानी परेको छ ।

यसअवधिमा फण्डको आम्दानी १३ करोड ८४ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ भने दुई करोड ५० लाख ९८ रुपैयाँ खर्च गरेको देखाएको छ ।

१ अर्ब २५ करोड रुपैयाँको कोषले जम्मा ८९ करोड ४० लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ । फण्डकोे ५६ वटा सूचीकृत कम्पनीमा ६५ करोड ८२ लाख ९६ हजार रुपैयाँ लगानी छ । जसमध्ये नागरिक लगानी कोषको २२ हजार ४२३ कित्ता शेयरमा ५ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।

मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ राखेको फण्डले साधारण बैंक मौज्दातमा १९ करोड ३२ लाख ३१ हजार रुपैयाँ सञ्चित गरेको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।