एनआईसी एशिया ग्रोथ फण्डको झण्डै २५ लाखले बढ्यो खुद सम्पत्ति

Jul 31, 2018 Merolagani



एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) को खुद सम्पत्ति जेठ मसान्तको तुलनामा असार मसान्तमा २४ लाख ८७ हजार ५६ रुपैयाँले बढेको छ । फण्डको सम्पत्ति बढेसँगै प्रतिइकाई सम्पत्ति मूल्य (NAV) समेत ३ पैसाले उकालो लागेको छ ।

गत जेठ मसान्तमा ८३ करोड ९१ लाख ९८ हजार २५० रूपैयाँ फण्डको खुद सम्पत्ति रहेकोमा असारमा बढेर ८४ करोड १६ लाख ८५ हजार ३०६ पुगेको हो । ८३ करोड ५२ लाख आकारको फण्डको गत जेठ महिनामा १० रुपैयाँ ५ पैसा रहेको नाभ असार मसान्तमा १० रुपैयाँ ८ पैसामा बढेको छ । 

फण्डको असार मसान्तको आय व्यय अनुसार एक करोड ८९ लाख ८३ हजार ८७७ रुपैयाँ आम्दानी र एक करोड २४ लाख ९८ हजार ५७१ रुपैयाँ खर्च भएको छ । यसबाट फण्डले कूल ६४ लाख ८५ हजार ३०६ रुपैयाँ नाफा गरेको छ । जेठमा महिनामा फण्डले ३९ लाख ९८ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

फण्डले २८ सूचीकृत सेयरमा १५ करोड ६७ लाख ७४ हजार, ऋणपत्रमा दुई करोड ९४ लाख ५८ हजार, सूचीकृत हुन बाँकी सेयरमा एक करोड ७० लाख रुपैषँ तथा मुद्धती निक्षेपमा ११ करोड ७७ लाख तीन हजार गरि कूल ३२ करोड ९ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ ।

चालू सम्पत्ति अर्न्तगत बैंक मौज्दातमा ५२ करोड ३५ लाख ७२ हजार रुपैयाँ र एक करोड ४१ लाख ३९ हजार रुपैयाँ अन्य सम्पत्ति गरि ५३ करोड ७७ लाख ११ हजार सम्पत्ति रहेको जनाएको छ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।