एनआईसी एशिया ग्रोथ फण्डको झण्डै २५ लाखले बढ्यो खुद सम्पत्ति

Jul 31, 2018 Merolagani



एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) को खुद सम्पत्ति जेठ मसान्तको तुलनामा असार मसान्तमा २४ लाख ८७ हजार ५६ रुपैयाँले बढेको छ । फण्डको सम्पत्ति बढेसँगै प्रतिइकाई सम्पत्ति मूल्य (NAV) समेत ३ पैसाले उकालो लागेको छ ।

गत जेठ मसान्तमा ८३ करोड ९१ लाख ९८ हजार २५० रूपैयाँ फण्डको खुद सम्पत्ति रहेकोमा असारमा बढेर ८४ करोड १६ लाख ८५ हजार ३०६ पुगेको हो । ८३ करोड ५२ लाख आकारको फण्डको गत जेठ महिनामा १० रुपैयाँ ५ पैसा रहेको नाभ असार मसान्तमा १० रुपैयाँ ८ पैसामा बढेको छ । 

फण्डको असार मसान्तको आय व्यय अनुसार एक करोड ८९ लाख ८३ हजार ८७७ रुपैयाँ आम्दानी र एक करोड २४ लाख ९८ हजार ५७१ रुपैयाँ खर्च भएको छ । यसबाट फण्डले कूल ६४ लाख ८५ हजार ३०६ रुपैयाँ नाफा गरेको छ । जेठमा महिनामा फण्डले ३९ लाख ९८ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

फण्डले २८ सूचीकृत सेयरमा १५ करोड ६७ लाख ७४ हजार, ऋणपत्रमा दुई करोड ९४ लाख ५८ हजार, सूचीकृत हुन बाँकी सेयरमा एक करोड ७० लाख रुपैषँ तथा मुद्धती निक्षेपमा ११ करोड ७७ लाख तीन हजार गरि कूल ३२ करोड ९ लाख ३७ हजार रुपैयाँ लगानी गरेको छ ।

चालू सम्पत्ति अर्न्तगत बैंक मौज्दातमा ५२ करोड ३५ लाख ७२ हजार रुपैयाँ र एक करोड ४१ लाख ३९ हजार रुपैयाँ अन्य सम्पत्ति गरि ५३ करोड ७७ लाख ११ हजार सम्पत्ति रहेको जनाएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।