२८१ प्रतिशत हकप्रद बिक्री गर्न लागेको प्रोगेशिभ फाइनान्सको नाजुक अवस्था

Jul 29, 2018 Merolagani



राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने क्रममा २८१ प्रतिशत हकप्रद शेयर बिक्रीको प्रक्रियामा रहेको प्रोगेशिभ फाइनान्स(PROFL) को गत आर्थिक बर्षको प्रगति नाजुक देखिएको छ । कम्पनीको खुद नाफामा आएको उच्च गिरावटले प्रतिशेयर आम्दानी १.६९ रुपैयाँमा खुम्चिएको छ ।

प्रोगेसिभ फाइनान्सले गत आव २०७४/७५ मा जम्मा ३५ लाख ४७ हजार मात्रै खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलानामा  एक करोड पाँच लाख कम हो । अघिल्लो वर्ष फाइनान्सले १ करोड ४० लाख खुद नाफा गरेको थियो ।

कम्पनीको सञ्चालन खर्च, कर्मचारी खर्च, प्रोभिजन रकम खर्च लगायतको उच्च वृद्धिले सञ्चालन घाटामा पुगेको छ । कम्पनी ४५ लाख ३८ हजार सञ्चालन नोक्सानीमा रहेको छ ।

सञ्चालन घाटामा रहेको कम्पनीले तरल राजनीतिक अवस्था र तीन बर्ष अगाडिको भूकम्पलाई नाफा घट्नुको कारण बताएको छ । २८१ प्रतिशत हकप्रद बेच्ने अन्तिम तयारीमा रहेको कम्पनीले आगामी दिनमा व्यवसाय विस्तारमा जोड दिने वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कम्पनीले गत असारमसान्तसम्म ७८ करोड ४६ लाख निक्षेप संकलन गरेर ५१ करोड २ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीको खराब कर्जा अनुपात १.५४ प्रतिशत, प्रतिशेयर आम्दानी १.६९ रुपैयाँ तथा प्रति शेयर नेटवर्थ १०५ रुपैयाँ छ ।

फाइनान्सले हकप्रद प्रयोजनका लागि साउन २३ गते बुक क्लोज गर्देछ । यसअनुसार साउन २२ गतेसम्म कायम रहने फाइनान्सका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । 

कम्पनीको हाल चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ८० करोड १० लाख रुपैयाँ पुग्नेछ । फाइनान्सको जगेडा कोषमा १ करोड १९ लाख छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।