समस्याग्रस्तबाट फुकुवा भएको ललितपुर फाइनान्सको यस्तो छ प्रगति विवरण

Aug 19, 2018 Merolagani



समस्याग्रस्त संस्थाबाट फुकुवा भएको ललितपुर फाईनान्स (LFC) ले व्यवसाय बढाउँदै खराब कर्जाको आकार घटाउँदै लगेको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर यस अवधिमा फाइनान्सको नाफा भने अघिल्लो बर्षको तुलनामा ३८.२० प्रतिशतले ह्रास आएको छ । नाफा घटेपनि फाइनान्सका अन्य सूचाङ्कहरु भने सुधारात्मक देखिएका छन् ।

फाईनान्सले आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा ७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो बर्ष बर्ष १२ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समिक्षा अवधिसम्म फाइनान्सले २८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४६ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

ऋण लगानी बढाउँदा पनि व्याज आम्दानी भने ४ करोड ५८ लाख रुपैयाँबाट तीन करोड ८५ लाख रुपैयाँमा खुम्चिएको छ। फाइनान्सले यसअवधिमा दुई करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।फाइनान्सको व्याज आम्दानीमा गिरावट आउँदा नाफा खुम्चिएको हो।

चुक्ता पूँजी २३ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा कोष भने अझै ७ करोड ६१ लाख रुपैयाँ ऋणात्मक छ।

यस वर्ष ८ करोड ५५ लाख रुपैयाँ खराव ऋण उठाएको छ। उसको खराब कर्जा ९९.४० प्रतिशतबाट घटेर ६२.४३ प्रतिशतमा झरेको छ । फाइनान्सको प्रति सेयर आम्दानी ३२ रुपैयाँ ७० पैसा, प्रति सेयर नेटवर्थ ६७ रुपैयाँ ८५ पैसा छ भने मुल्य आम्दानी अनुपात ५.२० प्रतिशत रहेको छ ।

फाइनान्स २०७४ मंसिरबाट समस्याग्रस्तबाट मुक्त भएको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।