समस्याग्रस्तबाट फुकुवा भएको ललितपुर फाइनान्सको यस्तो छ प्रगति विवरण

Aug 19, 2018 Merolagani



समस्याग्रस्त संस्थाबाट फुकुवा भएको ललितपुर फाईनान्स (LFC) ले व्यवसाय बढाउँदै खराब कर्जाको आकार घटाउँदै लगेको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर यस अवधिमा फाइनान्सको नाफा भने अघिल्लो बर्षको तुलनामा ३८.२० प्रतिशतले ह्रास आएको छ । नाफा घटेपनि फाइनान्सका अन्य सूचाङ्कहरु भने सुधारात्मक देखिएका छन् ।

फाईनान्सले आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा ७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो बर्ष बर्ष १२ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समिक्षा अवधिसम्म फाइनान्सले २८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४६ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

ऋण लगानी बढाउँदा पनि व्याज आम्दानी भने ४ करोड ५८ लाख रुपैयाँबाट तीन करोड ८५ लाख रुपैयाँमा खुम्चिएको छ। फाइनान्सले यसअवधिमा दुई करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।फाइनान्सको व्याज आम्दानीमा गिरावट आउँदा नाफा खुम्चिएको हो।

चुक्ता पूँजी २३ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा कोष भने अझै ७ करोड ६१ लाख रुपैयाँ ऋणात्मक छ।

यस वर्ष ८ करोड ५५ लाख रुपैयाँ खराव ऋण उठाएको छ। उसको खराब कर्जा ९९.४० प्रतिशतबाट घटेर ६२.४३ प्रतिशतमा झरेको छ । फाइनान्सको प्रति सेयर आम्दानी ३२ रुपैयाँ ७० पैसा, प्रति सेयर नेटवर्थ ६७ रुपैयाँ ८५ पैसा छ भने मुल्य आम्दानी अनुपात ५.२० प्रतिशत रहेको छ ।

फाइनान्स २०७४ मंसिरबाट समस्याग्रस्तबाट मुक्त भएको थियो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।