खराब कर्जाले थलिएको जानकी फाइनान्सले प्रस्तुत गर्यो सुधारिएको विवरण

Jul 30, 2018 Merolagani




खराब कर्जाको बोझले थला पर्ने अवस्थामा पुगेको जानकी फाइनान्स(JFL) ले गतबर्षको चौथो त्रैमासमा भने सुधारीएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खराब कर्जा उच्च दरले घटाएर खुद नाफा बढाउँदा प्रतिशेयर आम्दानीमा समेत सुधार आएको छ ।

अघिल्लो बर्षको यसै अवधिमा ८.३१ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा १.६९ प्रतिशतमा झरेको छ । जबकी तेस्रो त्रैमासमा जानकीको खराबकर्जा १६.८३ प्रतिशत रहेको थियो । कम्पनीले यसअवधिमा १९ करोड रुपैयाँ खराब कर्जा उठाएको छ । अझै पनि कम्पनीले १३ करोड भन्दा बढी रकम सम्भावित जोखिममा राखेको छ ।

४० करोड ३३ लाख चुक्ता पूजी रहेको फाइनान्स्ले जगेडा कोषमा २८ करोड ४ लाख रहेको छ । कम्पनीको जगेडाकोष समेत निक्कै मजबुत बन्दै गएको छ । जसको निक्षेप एक अर्ब ६५ करोड र कर्जा एक अर्ब ५९ करोड छ ।

खराब कर्जा असुली गर्दा कम्पनीको ब्याज आम्दानी घटेपनि खुद नाफा बढेको हो । तर यसअवधिमा कम्पनीको संचालन मुनाफा भने घटेको छ । फाइनान्सले गत असार मसान्तसम्म १३ करोड ३८ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ३० प्रतिशत बढी हो ।

फाइनान्सको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ १९ पैसा, मुल्य आम्दानी अनुपात ४.८२ गुणा तथा प्रतिशेयर नेटवर्थ १६९.५३ रुपैयाँ छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।