गुहेश्रवरी मर्चेण्टको खुद नाफा ५८ प्रतिशतले घट्यो

Aug 01, 2018 Merolagani



गुहेश्रवरी मर्चेण्ट बैंकङ्ग एण्ड फाइनान्स (GMFIL) को खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ५८ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष १३ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको फाइनान्सले आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमासिकमा ५ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको हो ।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोेषमा १६ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सले तीन अर्ब ८ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेर दुई अर्ब ४९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत असारमसान्तसम्म ३९ करोड ९४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको फाइनान्सले २६ करोड एक लाख रुपैयाँ ब्याज खर्च गर्दा १३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । अघिल्लो बर्ष फाइनान्सले खृुद ब्याज आम्दानी ११ करोड ४७ लाख रुपैयाँ थियो ।

खराब कर्जा ०.३१ प्रतिशत रहेको फाइनान्सको प्रति सेयर आम्दानी ६ रुपैयाँ ०६ पैसा गरेको छ । साथै प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.२७ गुणा रहेको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।