मल्टिपर्पाेज फाइनान्सको खुद नाफा चार लाख घट्यो

Aug 06, 2018 Merolagani



मल्टिपर्पाेज फाइनान्स (@MPFL@) को खुद नाफा अघिल्लो आर्थिक बर्षको चौथौं त्रैमासको तुलनामा ४ लाख रुपैयाँले घटेको छ । कम्पनीले व्याज आम्दानी बढाए पनि निष्कृय कर्जा नोक्सानी व्यवस्था र अन्य खर्चका कारण घटेको खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक वर्षमा ६८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सले गत आर्थिक वर्षको चौथौं त्रैमाससम्ममा जम्मा ६४ लाख ७४ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको हो ।

४ करोड १४ लाख ७३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडा कोषमा दुई करोड १२ लाख रुपैयाँ सञ्चित गरेको छ । फाइनान्सको निक्षेप १५ करोड ४९ लाखबाट बढेर १८ करोड ९८ लाख पुगेको छ भने असार मसान्त सम्ममा १९ करोड ३१ लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा एक करोड ६० लाख खुद ब्याज आम्दानी आर्जन गरेको फाइनान्सले यस अवधिमा १९ करोड ३१ लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष फाइनान्सको खराब कर्जा अनुपात ४.२९ रहेकोमा ४.६३ प्रतिशतमा पुगेको छ । खराब कर्जा अनुपात बढेकाले फाइनान्सले  ९ लाख ४४ हजार कर्जा नाेक्सानी व्यवस्था गरेकाे देखिन्छ ।

फाइनान्सको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६० पैसा र नेटवर्थ १५१ रुपैयाँ २५ पैसा रहेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।