मल्टिपर्पाेज फाइनान्सको खुद नाफा चार लाख घट्यो

Aug 06, 2018 Merolagani



मल्टिपर्पाेज फाइनान्स (@MPFL@) को खुद नाफा अघिल्लो आर्थिक बर्षको चौथौं त्रैमासको तुलनामा ४ लाख रुपैयाँले घटेको छ । कम्पनीले व्याज आम्दानी बढाए पनि निष्कृय कर्जा नोक्सानी व्यवस्था र अन्य खर्चका कारण घटेको खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक वर्षमा ६८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सले गत आर्थिक वर्षको चौथौं त्रैमाससम्ममा जम्मा ६४ लाख ७४ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको हो ।

४ करोड १४ लाख ७३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडा कोषमा दुई करोड १२ लाख रुपैयाँ सञ्चित गरेको छ । फाइनान्सको निक्षेप १५ करोड ४९ लाखबाट बढेर १८ करोड ९८ लाख पुगेको छ भने असार मसान्त सम्ममा १९ करोड ३१ लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा एक करोड ६० लाख खुद ब्याज आम्दानी आर्जन गरेको फाइनान्सले यस अवधिमा १९ करोड ३१ लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष फाइनान्सको खराब कर्जा अनुपात ४.२९ रहेकोमा ४.६३ प्रतिशतमा पुगेको छ । खराब कर्जा अनुपात बढेकाले फाइनान्सले  ९ लाख ४४ हजार कर्जा नाेक्सानी व्यवस्था गरेकाे देखिन्छ ।

फाइनान्सको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६० पैसा र नेटवर्थ १५१ रुपैयाँ २५ पैसा रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।