एक्काइस फाइनान्स कम्पनीहरुको नाैं शिर्षकमा हेर्नुहोस् तुलनात्मक अध्ययन

Aug 19, 2018 Merolagani

-तीर्थराज पाैड्याल।
नेप्सेमा सूचीकृत फाइनान्स कम्पनीमध्ये २१ वटाले गत आर्थिक बर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी फाइनान्स कम्पनीहरूकाे कूल चुक्ता पूँजी १२ अर्ब ८२ करोड, जगेडा काेष दुर्इ अर्ब चार कराेड, निक्षेप ५८ अर्ब ३३ कराेड, कर्जा ५२ अर्ब ४७ कराेड, खुद ब्याज अाम्दानी दुर्इ अर्ब ६५ कराेड  पुगेकाे छ भने एक अर्ब २८ कराेड खुद नाफा गरेका छन् ।

१२ अर्ब ८२ करोड पूँजी लगाएर एक अर्ब २८ करोड नाफा

वित्तीय विवरण प्रकाशित गरेका २१ फाइनान्सको कूल चुक्ता पूँजी १२ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । सो पूँजीले यी कम्पनीहरुले एक अर्ब २८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ चुक्ता पूँजी ११ फाइनान्स कम्पनीले पुर्याएका छन् ।

आईसीएफसी फाइनान्स कम्पनीको सबैभन्दा धेरै ८८ करोड चुक्ता पूँजी रहेको छ भने ,गोर्खाज, जेविल्स, पोखरा, मञ्जुश्री, सेन्ट्रल, युनाइटेड, श्री इन्भेष्टमेन्ट, प्रोगेशिभ, गुडविल र गुहेश्वरी फाइनान्सको चुक्ता पूँजी ८० करोड बढी रहेको छ । एक जिल्ला कार्यक्षेत्र रहेको मल्टीपर्पोज फाइनान्सको सबैभन्दा कम चार करोड १४ लाख चुक्ता पूँजी छ ।

२१ मध्ये १३ फाइनान्स कम्पनीको नाफा पाँच करोड माथि रहेको छ । जानकी फाइनान्स कम्पनीले सबैभन्दा बढी १३ करोड ३८ लाख रुपैयाँ र सृजना फाइनान्सले १२ करोड २१ लाख माथि खुद नाफा कमाएका छन् । मल्टीपर्पोज र प्रोगेसिभले एक करोड भन्दा कम नाफा कमाएका छन् ।

बेष्ट फाइनान्समा विलय भैसकेको सिनर्जी फाइनान्सले पाँच करोड २२ लाख र बेष्टले चार करोड ४२ लाख खुद नाफा कमाएको छ ।

जगेडा कोषमा पोखरा फाइनान्स अब्बल

कूल फाइनान्स कम्पनीहरुले गत बर्षमा दुई अर्ब चार करोड २० लाख रुपैयाँ जगेडा सञ्चित गरेका छन् । जसमध्ये पोखरा फाइनान्सको जगेडा कोष उच्च रहेको छ । उसको जगेडा कोषमा ३५ करोड ७५ लाख रुपैयाँ सञ्चित रहेको छ । यो कूल जगेडा काेषकाे अाकारको १७.५१ प्रतिशत हो ।

गोर्खाज फाइनान्सको ३३ करोड तथा आईसीएफसी, जानकी, श्री इन्भेष्ममेन्ट, युनाइटेड, रिलायन्स र सृजना फाइनान्सको जगेडा कोष २० करोड बढी रहेको छ ।

गुडविल, सेन्ट्रल, गुहेश्वरी, मञ्जुश्री फाइनान्सको १३ करोड बढी जगेडा कोष छ भने जेबिल्सको ६ करोड ४८ लाख, मल्टीपर्पोजको दुई करोड १२ लाख र प्रगेशिभ फाइनान्सको जगेडा एक करोड १९ लाख मात्र छ ।

६ वटा फाइनान्सको कम्पनीको जगेडा कोष ऋणात्मक रहेको छ । वर्ल्ड मर्चेन्टको सबैभन्दा धेरै २३ करोड ६० लाख तथा सिटी एक्सप्रेस फाइनान्सको २३ करोड ४३ लाख जगेडा नोक्सानी  छ । सिनर्जी फाइनान्स १३ करोड ३७ लाख जगेडा घाटामा रहँदा हाथवे, ललितपुर र बेष्ट फाइनान्स पनि ७ करोड भन्दा बढी जगेडा नोक्सानीमा रहेका छन् ।

निक्षेप संकलन र कर्जा प्रवाह

गत बर्ष फाइनान्स कम्पनीहरूले कूल ५८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५२ अर्ब ४७ करोड कर्जा लगानी गरेका छन् । यसबाट फाइनान्स कम्पनीले दुई अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

निक्षेप संकलन, कर्जा प्रवाह र खुद ब्याज आम्दानीमा आईसीएफसी फाइनान्स सबैभन्दा अब्बल देखिएको छ । फाइनान्सले आठ अर्ब ८७ करोड निक्षेप संकलन गरेर ६ अर्ब ९८ करोड कर्जा प्रवाह गरेर २७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

मञ्जुश्री, युनाइटेड, गोर्खाज, गुडविल, सृजना, पोखरा, रिलायान्स, श्री इन्भेष्ट , सेन्ट्रल फाइनान्स, गुहेश्वरी, सिनर्जी, जानकी र जेविल्स फाइनान्सले एक अर्ब बढी निक्षेप संकलन र कर्जा प्रवाह गरेका छन् । जेविल्सको ब्याज आम्दानी ७ करोड ७४ लाख रहेको छ भने बाँकी सबै कम्पनीले १० करोड माथि खुद ब्याज आम्दानी आर्जन गरेका छन् ।

प्रोगेशिभ, हाथवे, ललितपुर,बेष्ट, मल्टीपर्पोज, बल्र्ड मर्चेन्ट, सिटी एक्सप्रेसको निक्षेप संकलन र कर्जा प्रवाह एक अर्ब भन्दा कम रहेको छ भने ३ करोड भन्दा कम ब्याज आम्दानी गरेका छन् । , सिटी एक्सप्रेसको खुद ब्याज आम्दानी १८ लाख ऋणात्मक रहेको छ ।

खुद नाफा र प्रतिसेयर आम्दानी

फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा धेरै १३ करोड ३८ लाख नाफा कमाएको जानकी फाइनान्सको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ १९ पैसा रहेको छ । दोस्रो ठूलो नाफा १२ करोड २१ लाख कमाएको सृजना फाइनान्सको प्रतिसेयर आम्दानीको आधारमा तेश्रो स्थानमा रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिसेयर आम्दानीका आधारमा दोस्रो रहेको ललितपुर फाइनान्सको ३२ रुपैयाँ ७० पैसा रहेको छ । वर्ल्ड मर्चेन्टले २२ रुपैयाँ ८४ पैसा प्रतिसेयर आम्दानी कायम गर्दा हाथवे, मल्टीपर्पोज, बेष्ट, मञ्जुश्री, श्री इन्भेष्टमेन्ट, पोखरा, आर्इसीएफसी र सिनर्जी फाइनान्सको प्रतिसेयर आम्दानी क्रमश ११ रुपैयाँ बढी रहेको छ ।

आइसीएफसी, मञ्जुश्री, श्री इनभेष्टमेन्ट र पोखरा फाइनान्सले ९ करोड बढी खुद नाफा कमाएका छन् । सेन्ट्रल, ललितपुर,गुडविल, युनाइटेड, हाथवे, गुहेश्वरी मर्चेन्ट र सिनर्जी फाइनान्सको खुद नाफा पाँच करोड बढी रहेको छ ।

सबैभन्दा कम प्रोगेशिभ फाइनान्सले ३५ लाख मात्र खुद नाफा कमाएको छ । मल्टीपर्पोज, गोर्खाज जेविल्स्, सिटी एक्सप्रेस, वल्र्ड मर्चेन्ट, बेष्ट फाइनान्स र रिलायन्स फाइनान्सको पनि नाफा पाँच करोड तल रहेको छ ।

प्रतिसेयर आम्दानीका अाधारमा हेर्दा सेन्ट्रल, गुडविल, युनाइटेड, गुहेश्वरी, रिलायन्स, सिटी एक्सप्रेस, जेविल्स्, गोर्खाज र प्रोगेशिभ फाइनान्सको प्रतिसेयर आम्दानी क्रमश १० रुपैयाँभन्दा कम रहेको छ । प्रोगेशिभ फाइनान्सको प्रतिसेयर आम्दानी ४४ पैसा रहेको छ ।

खराब कर्जा

गत बर्ष पाँच फाइनान्स कम्पनी खराब कर्जा एक प्रतिशत भन्दा कम राख्न सफल भएका छन् । आइसीएफसी फाइनान्सको सबैभन्दा कम ०.०५ प्रतिशत रहेको छ भने श्री इन्भेष्ट, गुहेश्वरी, युनाइटेड र सेन्ट्रल फाइनान्सले एक प्रतिशत भन्दा कम खराब कर्जा अनुपात रहेको छ ।

पोखरा, रिलायन्स, सृजना, प्रोगेशिभ र जानकी फाइनान्सको दुई प्रतिशतभन्दा कम, गुडविल र मञ्जुश्री फाइनान्सको तीन प्रतिशत भन्दा कम अनुपातमा खराब कर्जा रहेको छ ।

जेविल्स्, हाथवे, मल्टीपर्पोज र गोखार्ज फाइनान्सको खराब कर्जा बढी भएपनि राष्ट्र बैंकले तोकेको पाँच प्रतिशत भन्दा मुनी रहेको छ भने सिनर्जीको १८, बेष्टको ४९, ललितपुरको ६२ तथा सिटी एक्सप्रेस र वर्ल्ड मर्चेन्टको शतप्रतिशत खराब कर्जा अनुपात रहेको छ । उच्च खराब कर्जा हुने सबै कम्पनी समस्गाग्रस्तबाट मुक्त भएका कम्पनीहरु हुन् ।

प्रतिसेयर नेटवर्थ

प्रतिसेयर नेटवर्थमा जनकपुरको स्टाण्डर्ड चार्टड भनिने जानकी फाइनान्स पहिलो स्थानमा रहेको छ । फाइनान्सको १६९ रुपैयाँ ९१ पैसा रहेको छ ।

मल्टीपर्पोज र सृजना फाइनान्सले १५० रुपैयाँ नेटवर्थ कायम गर्दा पोखरा, गोर्खाज, आईसीएफसी,श्री इन्भेष्टमेन्ट, रिलायन्स, युनाइटेड, गुडविल, सेन्ट्रल, र गुहेश्वरी मर्चेन्टको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँभन्दा बढी रहेको छ ।

मञ्जुश्री फाइनान्सको ११७ रुपैयाँ, जेविल्सको १०७ र प्रोगेशिभको १०१ रुपैयाँ रहेको छ ।

बेष्ट, हाथवे, सिनर्जी, सिटी एक्सप्रेस र ललितपुर फाइनान्सको प्रतिसेयर नेटवर्थ एक सय रुपैयाँ भन्दा कम हुँदा वल्र्ड मर्चेन्ट एण्ड बैंकिङ्गको नेटवर्थ २९ रुपैयाँ ७२ पैसा ऋणात्मक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।