सेन्ट्रल फाइनान्सले खराब कर्जा घटायो, जगेडा बढायो

Aug 05, 2018 Merolagani



सेन्ट्रल फाइनान्स(CFCL) ले गत आर्थिक बर्षमा ७ करोड ९३ लाख खुद नाफा गरेर प्रति शेयर आम्दानी ९ रुपैयाँ ९० पैसा कायम गरेको छ । फाइनान्सले पूँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा उच्च गिरावट आएको छ ।

यस अवधिमा फाइनान्सले चुक्ता पूँजी ५८ करोडबाट ८० करोड १७ लाख र जगेडा कोषमा ८ करोड ९७ लाखबाट १७ करोड पुर्याएको छ । कम्पनीले निक्षेप र कर्जा बढाएको छ भने खराब कर्जा घटाएर ०.९४ प्रतिशतमा झारेको छ ।

फाइनान्सले गत आवसम्ममा ३ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको सीसीडी रेसियो ६४.६७ प्रतिशत छ भने आधार दर १३.०९ प्रतिशत र औषत वार्षिक व्याजदर ४.१८ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ९.९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.२० रुपैयाँ छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।