सेन्ट्रल फाइनान्सले खराब कर्जा घटायो, जगेडा बढायो

Aug 05, 2018 Merolagani



सेन्ट्रल फाइनान्स(CFCL) ले गत आर्थिक बर्षमा ७ करोड ९३ लाख खुद नाफा गरेर प्रति शेयर आम्दानी ९ रुपैयाँ ९० पैसा कायम गरेको छ । फाइनान्सले पूँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा उच्च गिरावट आएको छ ।

यस अवधिमा फाइनान्सले चुक्ता पूँजी ५८ करोडबाट ८० करोड १७ लाख र जगेडा कोषमा ८ करोड ९७ लाखबाट १७ करोड पुर्याएको छ । कम्पनीले निक्षेप र कर्जा बढाएको छ भने खराब कर्जा घटाएर ०.९४ प्रतिशतमा झारेको छ ।

फाइनान्सले गत आवसम्ममा ३ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको सीसीडी रेसियो ६४.६७ प्रतिशत छ भने आधार दर १३.०९ प्रतिशत र औषत वार्षिक व्याजदर ४.१८ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ९.९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.२० रुपैयाँ छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।