विन्ध्यवासिनी हाइड्रोको २५ लाख कित्ता आइपिओ आउने, सानिमा क्यापिटल बिक्री प्रबन्धक

Jul 29, 2018 Merolagani



विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तालाई उक्त परिमाणको शेयर जारी गर्ने जनाएको छ ।

शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक भरत वहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस कम्पनीले स्थानीयवासीको लागि दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता र सर्वसाधारणको लागी १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता गरि जम्मा २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लमजुङ र कास्की सिमाना रुदीखोलामा ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ‘रुदी ‘ए’ आयोजना निर्माण सकिनै लागेको छ । उक्त आयोजनासँगै रुदी ‘बी’ आयोजनाको निर्माण पनि अघि बढाएको छ । रुदी ‘बी’ को पनि ५० प्रतिशत निर्माण कार्य सकिएको छ ।

आयोजना १ अर्ब ३ करोड रुपैयाँमा निर्माण हुने भनिए पनि भूकम्प र बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपले समय लम्बिएकाले लागत बढ्न सक्ने प्रवद्र्धक कम्पनीले जनाएको छ ।

आयोजनाले ०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग चलनचल्तीको दर (हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसा) मा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।