लगानीकर्ताले कुनै आड भरोसा नपाउँदा अस्थिर बन्दै शेयर बजार, सुस्त कारोबार

Aug 06, 2018 Merolagani

घट्दो शेयर बजारलाई थाम्न सरोकारवाला निकायहरुबाट कुनै आड भरोसा नपाउँदा शेयर कारोबारमा सुस्तता देखिएको छ भने बजार समेत अस्थिर बनेको छ । लगानीकर्ताको अपेक्षा विपरित बजार चलेपछि लगानीकर्तामा उत्साह समेत हराउँदै गएको छ ।

बजार घटेर तल्लो विन्दुमा पुग्दा कतिपय कम्पनीको शेयरमूल्य आइपिओकै भाउमा पुग्दा समेत बजारमा खरिदकर्ताको खडेरी नै देखिएको छ । जसले गर्दा कारोबार निकै

सुस्त हुने गरेको छ ।

सोमबार पनि बजार खुलेको केही समय नेप्से सकारात्मक रहेपनि अन्तत झिनो अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक ०.२१ अंकले घटेर ११८९.६७ अंकमा बन्द भएको छ ।

यसदिन १४८ कम्पनीको ७ लाख ९६ हजार कित्ता शेयर १९ करोड १७ लाख रुपैयाँ बराबरमा किनबेच भयो । प्रोगेशिभ फाइनान्सको संस्थापक शेयरको उच्च कारोबार भएपछि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब तीन करोड रुपैयाँले बढेको छ ।

 

कारोबारमा आएका एघार उप समूहमध्ये ६ समुहको सूचक घटेको छ भने ५ समूहको बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १६.७३ अंकले घट्यो । होटल, विकास बैंक, निर्जीवन बीमा, उत्पादन र अन्य समूहका सूचक नकारात्मक रहेको बजारमा वाणिज्य बैंक, उत्पादन, जलविद्युत, फाइनान्स र माइक्रोफाइनान्स समूहको सूचक भने सकारात्मक रहे ।

सोमबारकोबजारमा सबैभन्दा धेरै प्रोगेशिभ फाइनान्सको संस्थापक शेयर २ करोड ४३ लाख बराबरको किनबेच भयो । छिमेक लघुवित्तको कारोबार रकम पनि करोड नाघ्यो । अन्य कुनै पनि कम्पनीको करोड बढीको कारोबार हुन सकेन ।

यसदिन सिर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य झण्डै दश प्रतिशतले बढ्यो । प्रोगेशिभ फाइनान्सको पनि आठ प्रतिशत बढीले उकालो लाग्यो । रिडी हाइड्रो, छिमेक लघुवित्त लगायतको शेयरमूल्य बढेको बजारमा सबैभन्दा धेरै मल्टीपरपोज फाइनान्सका लगानीकर्ताले आठ प्रतिशत बढीले गुमाए । सिटी एक्सप्रेस फाइनान्स, नयाँ नेपाल लघुवित्त, सूर्योदय लघुवित्त तथा हाथ्वे फाइनान्स लगायतका कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परे ।

 अझै पनि बैंक ब्याजदर घट्न सकेको छैन । चर्को ब्याजको बोझका लगानीकर्तामा बजार घट्दै जादा मार्जिन कलको समस्या समेत थपिन थालेको छ । निमायक निकायबाट बजारलाई आड भरोसा दिने कुनै गतिविधि हुन सकेको छैन।

अनलाइन प्रणाली कार्यान्वयनको प्रक्रिया पनि मन्द गतिमा अघि बढेको छ । अर्को तर्फ बजारमा शेयर आपूर्तिको क्रम थामिएको छैन भने प्राथमिक निष्काशनले पनि लगानीकर्ताको ध्यान तानेको अवस्था छ । जसले गर्दा बजार अस्थिर देखिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।