कारोबारमा आएका एघार उप समूहमध्ये ७ समुहको सूचक घटेको छ भने ४ समूहको बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३९.८३ अंकले घट्यो । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहका सूचक नकारात्मक रहेको बजारमा होटल, निर्जीवन बीमा र अन्य समूहको सूचक भने सकारात्मक रहे ।
मंगलबार प्रोगेशिभ फाइनान्सको संस्थापक शेयरको उच्च कारोबार भएको छ । फाइनान्सको तीन करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजै १२.६३ प्रतिशत नगद लाभांस घोषण गरेको फस्र्ट माइक्रोफाइनान्स र छिमेक लघुवित्तको कारोबार रकम करोड नाघेको छ । अन्य कुनै पनि कम्पनीको करोड बढीको कारोबार हुन सकेन ।
यसदिन सर्पाेट माइक्रोफाइनान्सको शेयर मुल्य ९.९३ प्रतिशतले बढ्यो । प्रोगेशिभ फाइनान्सको ९.४० प्रतिशत बढेको छ । भार्गव विकास बैंकको ८.४० प्रतिशतले शेयर मुल्य बृद्धि भएको छ भने आराम्भ, युनाइटेढ इन्स्योरेन्स र किसान माइक्रोफाइनान्सको ३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ ।
सबैभन्दा धेरै फस्र्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ९.५१ प्रतिशतले गुमाए । श्री इन्भेष्टमेन्ट, सिनर्जी पावर, नेरुडे लघुवित्त, महिला सहयात्री माइक्रोफाइनान्स लगायतका लगानीकर्ता धेरै गुमाउनेमा परे ।